जसपा संघिय परिषद् अध्यक्षकाे नेतृत्वमा नेकपासंग मंसिर ११ गते राष्ट्रिय सभामा एकता घाेषणा कार्यक्रम हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं , ८ मंसीर २०८२ ।

नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीचको दीर्घ राजनीतिक संवाद अन्ततः एकता घोषणामा रूपान्तरित हुँदै मङ्सिर ११ गते दिउँसो १ बजे राष्ट्रिय सभागृहमा भव्य कार्यक्रममार्फत सार्वजनिक गरिँदैछ। दुवै पक्षका शीर्ष नेतृत्व, केन्द्रीय–प्रदेश संरचना, जनवर्गीय संगठन तथा स्थानीय तहका प्रतिनिधिहरूको व्यापक सहभागितासहित कार्यक्रमको तयारी गर्ने बताइएको छ।

जसपा पक्षले संघीय परिषद् अध्यक्षको संयोजकत्वमा ६ जना केन्द्रीय कार्यकारिणी सदस्य, अधिकांश केन्द्रीय सदस्य, केन्द्रीय निकाय, प्रदेश समिति, जनवर्गीय संगठन तथा स्थानीय संरचनाहरू एकता अभियानमा सहभागी रहेको जनाएको छ। एकतामा सहमत भएका नेताहरूको अन्तिम सूची भोलिको बैठकपछि सार्वजनिक गरिनेछ।

यसैबीच, दुवै दलबीच पार्टी एकताको लागि सहमति भएका मुख्य बुँदाहरू यसप्रकार छन् । राज्यका निकायमा जिम्मेवारी बहन गर्दा भएका कमीकमजोरीको समिक्षा गर्दै संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायमार्फत समाजवादतर्फ अघि बढ्ने साझा प्रतिबद्धता, सार्वभौमिकता, स्वाधीनता र पहिचानसहितको संघीय समाजवादी जनतन्त्रको रक्षा, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता जस्ता राष्ट्रिय हितका विषयमा संयुक्त स्पष्ट धारणा बनाउने र सडक, सदन र सरकार तीनै मोर्चाबाट संघर्ष गर्ने सहमति, नेपाली विशेषताको समाजवादलाई संयुक्त कार्यक्रम बनाउने
नेपाली विशेषताको समाजवादलाई पार्टीको आधिकारिक कार्यक्रमका रूपमा अंगीकार गर्दै आर्थिक–सामाजिक रूपान्तरणलाई मुख्य लक्ष्य बनाउने जस्ता सहमतिहरूले दुवै दलबीचको वैचारिक, नीतिगत र कार्यक्रमगत नजिकतालाई औपचारिक रूपमा संस्थागत गर्ने आधार तयार भएको संघिय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभएको छ। 

जसपा पक्षले एकता प्रक्रियामा साथ दिँदै आएका सबै नेता–कार्यकर्तालाई मङ्सिर ११ गते को एकता घोषणा कार्यक्रममा अनिवार्य उपस्थिति जनाउन अनुरोध गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।