अभियन्ता आशिका तामाङलाई थप ५ दिनको हिरासतमा राख्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं , ९ माघ २०८१

अभियन्ता आशिका तामाङलाई अभद्र व्यवहारसम्बन्धी अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ। माघ २ गते पक्राउ परेकी तामाङमाथि गौशाला प्रहरीले अनुसन्धान गरिरहेको छ।

तामाङको प्रहरीसँगको विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घटनाले चर्चा पाएको हो। भिडियोमा उनले पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिलाई गाली गलौज गरेको देखिएको छ। सोही विषयलाई लिएर पशुपति क्षेत्र विकास कोषले पनि अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको छ।

घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। केहीले तामाङको व्यवहारलाई समर्थन जनाएका छन् भने केहीले उनलाई कानुनी दायराभित्र ल्याउनुपर्ने माग गरेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।