बागलुङमा “दलितका लागि दलित अभियान”को बृहत् सभा सम्पन्न: हरि रुचालकाे नेतृत्वमा जिल्ला तदर्थ समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ, २३ असोज २०८२
“न्याय, मुक्ति र आत्मसम्मान” भन्ने मूल नारासहित अघि बढिरहेको दलितका लागि दलित अभियान, नेपाल ले बिहीबार बागलुङको ब्राउन आईज पार्टी प्यालेसमा भव्य बृहत् सभा सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख वक्ता तथा दलित अधिकारका सशक्त अभियान्ता खगेन्द्र सुनारले दलित अधिकारको आन्दोलनलाई व्यवहारमा रूपान्तरण गर्दै आत्मसम्मानसहितको समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। उनले भने — “दलित मुक्तिको लडाइँ केवल माग र आन्दोलनको विषय होइन, चेतना र व्यवहारमा परिवर्तनको प्रक्रिया हो।”

सभामा बागलुङ जिल्लाका विभिन्न स्थानीय तहहरूबाट आएका दलित समुदायका अगुवा, अधिकारकर्मी, विद्यार्थी, महिला तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले दलित समुदायबीच चेतना, एकता र आत्मविश्वास जगाउने अभियानले देशभर सशक्त प्रभाव पारिरहेको बताएका थिए।

कार्यक्रमकै क्रममा हरि रुचालको नेतृत्वमा १५ सदस्यीय दलितका लागि दलित अभियान बागलुङ जिल्ला तदर्थ  समिति गठन गरिएको छ। समितिले जिल्लाभर दलित अधिकार, समानता र सामाजिक न्यायका अभियानहरूलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

आयोजकका अनुसार, बागलुङमा सम्पन्न यो बृहत् सभाले गण्डकी प्रदेशभर दलित चेतना र संगठन सुदृढीकरणको नयाँ लहर ल्याएको छ। साथै, अभियानले आगामी दिनहरूमा प्रदेश तथा राष्ट्रियस्तरमा पनि यस्ता कार्यक्रमहरू विस्तार गर्दै देशव्यापी आन्दोलनको रूप दिन लागेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15
बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार ज्ञामनाथ गैरेकाे मतदातालाई अपिल
10-Magh-2082 9:55:43