बालगायक सचिन परियारकाे अस्पतालमा निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुजन आचार्य 

काठमाडौं , पाैष १८

बालक गायक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएर चर्चामा आएका सचिनको स्वास्थ्यमा समस्या आएपछि एक साताअघि अस्पताल भर्ना गरिएको थियो । आइसियुमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । उनी १३ वर्षका थिए ।

सचिनका बाबु तेजेन्द्र परियार ‘कलौटे)ले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिनको शव अस्पतालबाट निकालिएको छैन । बाबु र परिवारका सदस्यहरू अस्पतालमा छन् ।

मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिक रूपमा अस्वास्थ्य र कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरूसँग पैसा मागेर हिँडिरहेका देखिन्थे । बुवा तेजेन्द्र परियारलाई छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।