चितवन जिल्लामा ‘हामी नेपाली ग्लोबल नेपाल’ सव-च्याप्टरको अध्यक्षमा अमृत तामाङ नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, असार १८ — विश्वभर फैलिएका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यसहित स्थापित "हामी नेपाली ग्लोबल" संस्थाले चितवन सव-च्याप्टरको अध्यक्ष पदमा श्री अमृत तामाङलाई नियुक्त गरेको छ।

संस्थाका केन्द्रीय अध्यक्ष श्री अमृत लामाद्वारा हस्ताक्षरित नियुक्ति पत्र अनुसार २०२५ जुलाई १ (२०८२ असार १७) देखि लागू हुने गरी श्री तामाङलाई चितवन सव-च्याप्टरको अध्यक्षको जिम्मेवारी दिइएको हो।

धर्म, जात, वर्ग र राजनीति भन्दा माथि उठेर सामाजिक सद्भाव र विश्वव्यापी नेपाली एकता कायम राख्न क्रियाशील "हामी नेपाली ग्लोबल" संस्थाले श्री तामाङको नेतृत्वमा चितवनमा नयाँ ऊर्जा र गतिशीलता ल्याउने अपेक्षा गरेको छ।

अध्यक्ष अमृत लामाले श्री तामाङलाई बधाई ज्ञापन गर्दै संस्थाका नीति, उद्देश्य र कार्यदिशा अनुरुप सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।