जसपाको दुई दिने प्रशिक्षण कार्यक्रम बैशाख १६ र १७ गते पोखरामा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा — जनता समाजवादी पार्टी (जसपा), गण्डकी प्रदेशको आयोजनामा दुई दिने विशेष प्रशिक्षण कार्यक्रम पोखरामा हुने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनका पूर्वमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न हुने जनाइएको छ।

गण्डकी प्रदेश इञ्चार्ज रुद्र बहादुर गुरुङका अनुसार प्रशिक्षण कार्यक्रम २०८२ साल बैशाख १६ र १७ गते बिहान ११ बजे पोखरास्थित रंगशाला गेट अगाडि सञ्चालन हुने छ। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहनेछ।

गुरुङका अनुसार, प्रशिक्षण कार्यक्रमको उद्देश्य पार्टी संगठनलाई थप सुदृढ बनाउने, संघीयताको अभ्यासलाई प्रभावकारी बनाउने र समसामयिक राजनीतिक विषयमा कार्यकर्ताहरूलाई स्पष्ट मार्गदर्शन प्रदान गर्ने रहेको छ।

कार्यक्रममा संघीयता, सामाजिक न्याय, समावेशिता तथा पार्टीको भावी रणनीतिका विषयमा गहन छलफल र विचार आदानप्रदान गरिनेछ। यस प्रशिक्षणलाई जसपाले गण्डकी प्रदेशमा आफ्नो सांगठनिक उपस्थितिलाई मजबुत बनाउने अवसरका रूपमा लिएको छ।

पार्टीले सहभागीहरूलाई सक्रिय, अनुशासित र विचारशील कार्यकर्ता बनाउने लक्ष्यसहित प्रशिक्षणकाे तयारी गरिरहेको जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15