मधेश प्रदेश सरकारलाई बीरगञ्ज कृषि औजार कारखानाको आवश्यकताबारे प्रस्ताव पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुर , ९ पाैष । 

मधेश प्रदेशको कृषि क्षेत्रमा सुधार र विकासका लागि महत्त्वपूर्ण कदम उठाउँदै, बीरगञ्ज कृषि औजार कारखानाका प्रमुख इन्जिनियर रितेश देव र महाविर पुनले  मधेश प्रदेशका मुख्यमन्त्री इन्जिनियर सतिश सिंहलाई अति आवश्यक मेशिन उपकरणको सहयोगका लागि औपचारिक प्रस्ताव पेश गरेका छन्।

उक्त प्रस्तावमा करिब ५० लाख रुपैयाँ लागत पर्ने आधुनिक मेशिन उपकरणको आवश्यकता उल्लेख गरिएको छ, जसले कारखानाको उत्पादन क्षमता वृद्धि गर्दै प्रदेशभित्रको कृषिलाई थप प्रभावकारी बनाउन मद्दत पुर्‍याउनेछ।

मुख्यमन्त्री ज्यूले यो प्रस्तावप्रति गम्भीर चासो देखाउँदै कारखानाको महत्त्वपूर्ण योगदानलाई उच्च सम्मान गर्नुभएकाे छ । यो पहलसँगै, मधेश प्रदेश सरकारले कृषि अनुसन्धान केन्द्रको लागि छुट्याएको ५० लाख रुपैयाँ बजेट मार्फत सम्भाव्यता अध्ययन गरि अति आवश्यकीय मेशिन खरिद गर्ने  प्रतिबद्धता जनाएको छ।

यस कदमले मधेश प्रदेशको कृषि क्षेत्रलाई आधुनिक बनाउन र कृषकहरूको उत्पादन लागत घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15