"मेरो म "- कृष्ण बहादुर क्षेत्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

                      "मेराे म"

आफ्नो म को खोजी मा हिँडिराको छु म आजकल 
यता उता चारैतिर खोजी राछन् आँखा आफैलाई हरपल 
हिउँदको यो अथा जाडोमा पनि भाको छु म खलखल
आफ्नै यादले सताछ लागेको छ मलाई धेरै तलतल।

चुलबुले चन्चले मिलनसार स्वभावको त्यो म 
हराएछु आजकल खोई थाहा छैन कता छु म 
सबैले सधैँ आफ्नो आँखासामु देखिराको त्यो म 
तर मेरै आँखाबाट खोइ कुन्नी किन बिलिन भाको छु म।

अनेक कोसिस गरेछु भेट्छु कि भनी कतै मेरो म 
आफ्नाको साथमा रुमलिरहेको मात्र देख्छु मेरो म 
यसको लागि उसको लागि त्यसको लागि दौडिराको मेरो म स्वयंको लागि चुपचाप गुमसुम बसेको देख्छु मेरो म।

अनन्त सागर जस्तो गहिरो बन्धनमा फसेको म 
खुला आकाशमा उड्ने प्रयासमा बसेको म 
साथी संगी आफन्तको जनजालले कसेको म 
आफ्नै खोजीमा भौतारिँदै लड्दै बसेको देख्छु म।

खोई मेरो आफ्नो चाहनाहरु कता हराएछ 
आफूभित्र छ होला जस्तो यति सारो किन डराएछ 
मनभित्र चर्को चर्को चिच्याएछ कराएछ 
मेरा आफ्ना खुट्टाहरु किन आफै डगमगाएछ।

मेरो मलाई मैले खोज्नु छ पहिचान दिनु छ 
जो जो सँग बसेको छ सबसँग फिर्ता लिनु छ 
म, म भित्रको म र केवल म अनि मेरो म 
स्वतन्त्रताको स्वासको खोजीमा हिँडेराको छु म।।

✍️ कृष्ण बहादुर क्षेत्री (कृष्ण आर सी)

ठेगाना : पाेखरा महानगरपालिका -३०, शिशुवा । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15