भरतपुर, ५ पाैष ।
५१औँ राष्ट्रिय जेसीज महाधिवेशनमा नारायणगढ जेसीजले आफ्ना सदस्य, वर्ष २०२३ का शाखा अध्यक्ष तथा वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष जेसी अमर घिमिरेलाई राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदका लागि उम्मेदवार बनाएको छ। ईटहरी जेसीजको आयोजनामा भएको यस महाधिवेशनमा घिमिरेको उम्मेदवारीलाई सभाले एक स्वरले समर्थन गरेको छ।
अमर घिमिरे नै किन?
वर्षौंदेखि जेसीज आन्दोलनमा सक्रिय घिमिरेले विभिन्न पदमा रही संगठनलाई उचाइमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याएका छन्। उनी आफ्नो कार्यकालमा विभिन्न सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएका छन्।
नारायणगढ जेसीजले घिमिरेको अनुभव, नेतृत्व क्षमता र समाजसेवाप्रतिको समर्पणलाई उम्मेदवारीको आधार बनाएको छ। उनी राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भएर आएमा जेसीजलाई नयाँ उचाइमा पुर्याउन सक्ने विश्वास नारायणगढ जेसीजको छ।
नारायणगढ जेसीजको अपिल:
नारायणगढ जेसीजले सबै जेसीज सदस्यहरूलाई घिमिरेलाई मतदान गरी विजयी बनाउन आह्वान गरेको छ। उनी राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भएर आएमा जेसीज आन्दोलनलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।