नेकपा (माओवादी केन्द्र) पर्वत पोखरा सम्पर्क समन्वय समितिद्वारा इन्चार्जहरुलाई बधाई कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सविता शर्मा 
पोखरा , २९ माघ ०८१ — नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको हालै सम्पन्न बैठकले गरिएको कार्यविभाजनअनुसार कास्की जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएका पार्टी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभाका पूर्व सभामुख नेत्रनाथ अधिकारी (हिमाल) र पर्वत जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गर्नुभएका केन्द्रीय सदस्य सुदीप कुँवर (अजय) लाई नेकपा (माओवादी केन्द्र) पर्वत पोखरा सम्पर्क समन्वय समितिले एक कार्यक्रमबीच बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ।

सम्पर्क समन्वय समितिका उपाध्यक्ष गंगाराम पौडेल, सल्लाहकार गान्धिकुमारी गुरुङ, मोदी गाउँपालिका सचिव अर्जुन पौडेल लगायतले दुवै ईन्चार्चहरुलाई शुभकामना व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै कास्की इन्चार्ज अधिकारीले कास्की जिल्ला पार्टीलाई २०६४ सालको अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गर्दै, पार्टी सफल भए मात्र आफू सफल हुने बताए। साथै, सम्पर्क समन्वय समितिसँग रचनात्मक सहयोगको अपेक्षा रहेको उनले उल्लेख गरे।

त्यस्तै, पर्वत जिल्ला इन्चार्ज कुँवरले बदलिएको परिस्थितिसँगै सिर्जनशील भएर संगठन विस्तार गर्नुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा YCL पर्वत जिल्ला इन्चार्ज बलराम नेपाली, राम्जा पोखरा सम्पर्क समाजका निवर्तमान अध्यक्ष मिना केसी, पूर्व सचिव जिवनाथ तिमिल्सिना, सम्पर्क समन्वय समितिका सहसचिव सबिता शर्मा, नेकपा (माओवादी केन्द्र) मोदी गाउँपालिका समिति सदस्य इन्द्र नेपाली लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता उपाध्यक्ष गंगाराम पौडेलले गरेका थिए भने सञ्चालन सचिव राजेन्द्र तिमिल्सिनाले गरेका थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15