नेपाल प्रहरीको साइबर ब्यूरोद्वारा नागरिकलाई सचेत रहन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, पाैष १७, २०८१।
नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत रहेको नेपाल प्रहरी साइबर ब्यूरोले पछिल्ला दिनमा अनलाइन ठगीका घटनाहरू बढिरहेकोमा गम्भीर ध्यानाकर्षण गर्दै सर्वसाधारणलाई सतर्क रहन विशेष अनुरोध गरेको छ।

साइबर ब्यूरोले उल्लेख गरेअनुसार, Facebook, Instagram, Telegram, WhatsApp, Messenger, Viber लगायतका सामाजिक सञ्जालहरूमा "Online Job" को नाममा प्रायोजित (Sponsored) विज्ञापनहरू मार्फत ठगीका गतिविधि भइरहेको पाइएको छ। यस्ता विज्ञापनहरूमा दिइएका झूटा लिंकहरूप्रति आकर्षित गराई प्रलोभनमा पारी सर्वसाधारणलाई ठगी गर्ने क्रम तीव्र भइरहेको छ।  झूटा लिंकहरू,  वित्तीय ठगी: eSewa, Khalti लगायतका डिजिटल वालेट वा बैंक खाताको OTP मागेर ठगी, अनलाइन सेवाहरूको नाममा ठगी: Gift Package, अपुताली (Lotteries), Online Shopping, कोठा भाडा खोजिदिने, PTE डेट बुकिङजस्ता सेवाहरूको नाममा ठगी, मनी म्युल अकाउन्ट प्रयोग: ठगहरूले अन्य व्यक्तिको बैंक खाता भाडामा लिएर अवैध आर्थिक कारोबार जस्ता कार्य भईरहेकाेले गर्दा
साइबर ब्यूरोले नागरिकलाई यस्ता गतिविधिबाट जोगिन निम्न उपायहरू अपनाउन आग्रह गरेको छ । कुनै पनि अनलाइन विज्ञापन वा लिंकमा विश्वास नगर्नुहोस्। आफ्नो व्यक्तिगत बैंकिङ खाता, OTP, वा अन्य गोप्य जानकारी सुरक्षित राख्नुहोस्। शंकास्पद अनलाइन अफरहरूको जानकारी तुरुन्त प्रहरीलाई दिनुहोस्। प्रविधिको प्रयोग गर्दा सतर्क र सचेत रहनुहोस्।

साइबर अपराध रोक्न सबै नागरिकको जागरूकता र सचेतना अत्यावश्यक छ। आफ्नो व्यक्तिगत जानकारीको सुरक्षित प्रयोग र अनलाइन ठगीबाट जोगिनको लागि सतर्कता अपनाउनु नै सुरक्षा सुनिश्चित गर्ने पहिलो उपाय हो। साइबर अपराधका घटनालाई रोक्न, आवश्यक सहयोग गर्न, र अपराधको शिकार हुनबाट बच्न साइबर ब्यूरोले सम्पूर्ण नागरिकलाई यस अनुरोधलाई पालना गर्न आग्रह गरेको छ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।