नेसपा (नयाँ शक्ति) महाधिवेशन : महासचिवका दावेदार युवा नेता जीएस गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ज्ञानु आचार्य , १९ माघ २०८१
नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीको राष्ट्रिय महाधिवेशन माघ २७ देखि २९ गतेसम्म काठमाडौंको कमलादीमा हुने भएको छ। यस महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व चयन हुँदैछ, जसका क्रममा महासचिव पदका लागि जीएस गुरुङ, कृष्ण शर्मा, सोनाम सिंह स्याङ्ताङ लगायतका नेताहरूले आकांक्षा व्यक्त गरेका छन्।
कान्छा युवा नेता, वैकल्पिक शक्तिको बलियो खम्बा
महासचिव पदका दावेदारमध्ये कान्छा युवा नेताका रूपमा रहेका घमान सिंह (जीएस) गुरुङ वैकल्पिक राजनीतिक शक्तिको सशक्त आधारस्तम्भ मानिन्छन्। युवा तथा जनजाति समुदायबाट योग्य उम्मेदवारका रूपमा अघि सरेका उनले पार्टीभित्र मात्र होइन, समग्र प्रगतिशील राजनीतिक आन्दोलनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
विद्यार्थी राजनीति हुँदै जनजाति आन्दोलन र समाजवादी आन्दोलनसम्म यात्रा तय गरेका गुरुङले २०५२ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) मार्फत राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि रक्तिम सांस्कृतिक परिवार, नेकपा माओवादीको भूमिगत संघर्ष, तमु विद्यार्थी संगठन, युवा संगठनहरू हुँदै आदिवासी जनजाति महासंघसम्म उनको नेतृत्व क्षमताको विकास हुँदै गयो।
नयाँ शक्ति पार्टी र युवा संगठनमा विशेष योगदान
२०७२ मा घोषणा गरिएको नयाँ शक्ति निर्माण अभियानमा संलग्न भएका उनले प्युठानमा पार्टी निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरे। २०७३ जेठ ३० गते गठित नयाँ शक्ति पार्टी नेपालको संस्थापक केन्द्रीय सदस्य बनेका उनी २०७४ मा तत्कालीन नयाँ शक्ति पार्टीको आंगिक संगठन युवा शक्ति नेपालका पूर्व केन्द्रीय महासचिवमा चयन भएका थिए।  उनले युवाहरूमाझ वैकल्पिक राजनीतिक विचारधारा प्रवर्द्धन गर्दै संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए।
२०७४ मा आदिवासी जनजाति युवा महासंघ, नेपालको केन्द्रीय अध्यक्ष बनेपछि उनले नेपालभरका आदिवासी युवाहरूको नेतृत्व गर्दै १२ भन्दा बढी अन्तर्राष्ट्रिय मञ्चहरूमा आदिवासी अधिकारका विषयमा बहस तथा छलफलमा सहभागिता जनाएका थिए।
२०७६ मा नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टीबीच एकता भएपछि बनेको समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा प्रवास संगठनको सह-इन्चार्ज बनेका गुरुङ  नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारी सदस्य तथा प्रवास संगठनका प्रवास पुर्व इन्चार्जका रूपमा क्रियाशील भएका थिए। साथै, हाल उनिले पार्टीका जनवर्गीय संगठनहरूकाे ईन्चार्च  महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।
महासचिव पदका लागि उम्मेदवारी दाबी गरेका गुरुङले युवा पुस्तालाई गोलबद्ध भई वैकल्पिक शक्तिको यात्रामा अडिग रहन र साथ दिन आग्रह गरेकाे कुरा जागाैं नेपाल मिडियालाई जानकारी गराएका छन्। उनले भने पार्टीलाई नयाँ पुस्तामैत्री बनाउँदै युवाहरूको सशक्त नेतृत्व सुनिश्चित गर्न आफ्नो उम्मेदवारीलाई महत्वपूर्ण अवसरका रूपमा लिएकाे छु।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15