पाेखरा- मुग्लिङ सडकखण्ड अवरुद्घ हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, मंसिर २८ , शुक्रबार । 

पोखरा-मुग्लिन सडकखण्डको जामुने बजारदेखि पोखराको सेती नदि पुल सम्मको सडकखण्ड स्तरोन्नती कार्य गर्अनुपर्ने भएकोले सडकखण्ड  अवरुद्घ हुने भएको छ।

जिल्ला प्रहरी कार्यलय तनहुँका का अनुसार २०८१।००८।२८ गते देखि २०८१।०९।०२ गते सम्म कोत्रेखोलाको पुलसम्म Girder Launching गर्ने कार्य हुने भएकोले सडक प्रयोग कर्ताहरुलाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गरी उल्लेखित स्थानमा Girder Launching गर्ने प्रयोजनार्थ मिति २०८१।०८।२८ गते देखि २०८१।०९।०२ गते बिहान ०८:०० बजे देखि बेलुकी ६:०० बजेसम्म सवारी आवागमन ( एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक) आंशिक रुपमा प्रभावित हुने भएकोले एक पटकमा बढिमा एक घण्टाको लागी सडक अबरोध हुने  व्यहोरा  जानकारी गराएकाे छ ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।