पोखराबाट ऐतिहासिक सुरुवात भएको नागरिक विद्रोह -२०८१, अब चितवनतर्फ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मङ्सिर ३०, पोखरा

        देशमा बढ्दो राजनीतिक अन्याय, सांस्कृतिक दमन, आर्थिक शोषण, र व्यक्तिगत अधिकारमाथि भइरहेको अत्याचारका विरुद्ध आवाज उठाउँदै नागरिक विद्रोह- २०८१ को औपचारिक सुरुवात पोखराबाट भएको थियोे । यस ऐतिहासिक कार्यक्रममा नागरिक स्तरबाट स्वतन्त्र, समावेशी, र सशक्त आन्दोलनको आवश्यकता औंल्याउँदै व्यापक नागरिक सहभागिताले आन्दोलनको महत्त्वलाई पुष्टि गरेकाे आयाेजक टिमले जनाएको छ।
 नागरिक विद्रोह -२०८१ ले मानव अधिकारको रक्षा, वित्तीय पीडितहरूको न्याय, भ्रष्टाचारविरुद्ध छानबिन प्रक्रिया सुदृढीकरण, राज्यको अधिनायकवाद अन्त्य,स्वतन्त्र न्यायिक आयोगको स्थापना जस्ता विषयलाई आफ्नो मुख्य एजेन्डामा राखेको छ। साथै, आन्दोलनले सम्पूर्ण नागरिकको सहभागितामा न्यायसंगत, समान र लोकतान्त्रिक शासन प्रणाली पुनःस्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
पोखराबाट सुरु भएको यो अभियानमा नागरिकको उत्साहजनक उपस्थिति रहेकाे थियो । सहभागीहरूले मानव अधिकार र न्यायका पक्षमा सशक्त दबाब सिर्जना गर्ने उद्देश्यले यस विद्रोहमा आफ्नो पूर्ण समर्थन जनाएका छन्। आयोजकहरूले सुरुवातलाई ऐतिहासिक बनाउने सम्पूर्ण नागरिक, पत्रकार, सुरक्षाकर्मी, र अभियानकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्।

नागरिक विद्रोह -२०८१ ले प्रत्येक प्रदेशमा वृहत् कार्यक्रम सञ्चालन गरी अन्तिम निर्णायक आन्दोलन काठमाडौँमा गर्ने योजना सार्वजनिक गरेको छ। आगामी कार्यक्रमको सिलसिलामा: पौष ६ गते चितवनको पुल्चोक मा  अर्को चरणको कार्यक्रम आयोजना हुनेकुरा आयाेजकले  बताएको छ।

            सर्वसाधारण, नागरिक समाजका अगुवा, स्वतन्त्र अभियन्ता, र न्यायका पक्षमा उभिने सबैलाई चितवनकाे  आयोजना हुने कार्यक्रममा उपस्थित भई नागरिक विद्रोहलाई सशक्त बनाउन हार्दिक अनुरोध गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।