पाेखरा , १ फागुन, ०८१ ।
धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्वका वृक्ष नष्ट गर्नेलाई कारबाही तथा बाँकी रहेका बरपिपल चौतारा लगायत प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि दवाव गर्न, वातावरण तथा सम्पदा संरक्षणमा नागरिक खबरदारीकाे लागि बृहत् नागरिक भेलाकाे कार्यक्रम आज पाेखरामा सम्पन्न भएको छ।
उक्त कार्यक्रम नागरिक समाज कास्की र वातावरण संरक्षणका लागि महाअभियान कास्कीले सहजीकरण गरेकोे थियोे भने वातावरण , पर्यावरण संग सम्बन्धित सामाजिक संघ संस्थाहरुकाे प्रतिनिधि सहितकाे छलफलले सम्पूर्ण संघसंस्थाहरुले ऐक्यबद्धता गर्न संरक्षणका लागि सार्वजनिक अपिल घाेषणा गरेको छ। जुन यसप्रकार रहेको छ।
"धार्मिक, साँस्कृतिक, आयुर्वेदिक, सामाजिक, पर्यावरणीय तथा ऐतिहासिक महत्त्व बोकेका वरपीपल जस्ता वृक्षहरु काटिनबाट जोगाउ संरक्षणमा ऐक्यबद्धता जनाअाैं ।
पोखराका ऐतिहासिक वर पिपल, समी, आँप लगायत रुखहरू काटिने क्रम तीव्र भएको छ । कहिले सडक विस्तार हुँदा काटिएका छन् त कहिले चौताराको रुखमा बास बसे चराले फोहोर गश्यो भनेर समेत रुख ने तुन्काउने काम हुँदै आएको छ । पछिल्लो समयमा कानुनी प्रक्रिया बिना नै जथाभावी ऐतिहासिक वर, पिपल, समीका रुखहरू काटिएका छन् । नेपाली संस्कृति वातावरण मैत्री हुँदा हुँदै पनि पुर्खाैं देखि चलिआएको चौतारा चिन्ने रुख रोप्ने, चौताराका छेउमा गाई, भैंसी, वन्यजन्तुका लागि पानी उपलब्ध गराउन पोखरी खनाउने र हिँड्दा हिँड्दै थाकेका बटुवा, स्थानीयकालागि चौताराको आडमा सार्वजनिक धारा निर्माण गर्ने चलन पछिल्लो समयमा हराउँदै गएका मात्र छैनन् पुराना यस्ता संरचना मास्ने काम हुँदै आएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १५, १३, ६ लगायतका वडाहरुमा पछिल्लो समयमा वर पिपल, समीका रुख नपलाउने गरी ठुन्काउने काम भएको छ। यस्ता व्यवहारले हामी संरक्षण क्षेत्रमा क्रियाशील र सम्पूर्ण पोखरेलीलाई दुखित तुल्याएको छ । यसरी जथाभाबी रुखहरू काटिदा यसबाट धार्मिक तथा पर्यावरणीय क्षति भएको हामीले निष्कर्ष निकालेका छौं। यस प्रकारका गतिविधिले पर्यावरण, जैविक विविधता समेत असर गर्ने भएकोले जथाभाबी रुख कटान गर्ने जोसुकै व्यक्ति, संस्था भए पनि छिटोभन्दा छिटो कानुनी दायरामा ल्याएर प्रचलित कानुन अनुसार मुद्दा चलाएर कारबाही होस् भन्ने निष्कर्ष सहित हामी सबै अपिल गर्दछौं।
यस प्रकारका गतिविधि भविष्यमा पनि हुन कानुन विपरीत ऐतिहासिक रुख काट्नेलाई प्रचलित कानुन अनुसार कारबाही होस र भविष्यमा पनि यस्ता गतिविधि हुन नदिन नदिन सम्बन्धित निकायले आफ्नो कानुन संशोधन गर्न सबै सचेत रहन अपिल गर्दछौं। यस्ता गतिविधिमा संलग्न सम्बन्धित निकाय व्यक्ति तथा समूहलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन र वन मुद्दा चलाउनुपर्ने पनि भेलाले निष्कर्ष निकालेको छ ।
धार्मिक, साँस्कृतिक, आयुर्वेदिक, सामाजिक, पर्यावरणीय तथा ऐतिहासिक महत्त्व बोकेका वर पीपल , समीका जस्ता वृक्षहरु संरक्षण गर्नु हाम्रो कर्तव्य हो। यी रूखहरूको संरक्षण गर्न हामी सक्दो प्रयास गर्नेछौं।"
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।