पोखरामा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘आँसु’ बाराही हलमा २० गते प्रदर्शन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा,०८२ बैशाख ११ – पोखराको रमणीय स्थलहरूमा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र आँसु यही बैशाख २० गते पोखरास्थित बाराही चलचित्र मन्दिरमा विशेष प्रदर्शनी मार्फत सार्वजनिक प्रदर्शनमा आउन लागेको छ।

निर्देशक निर्मल जिसीको निर्देशनमा तयार भएको चलचित्रले होस् या बाध्यतामा विदेश जानुपरेका नेपालीहरूको पीडा, त्यसबाट सिर्जिएको पारिवारिक बिछोड, अनि सन्तानको भविष्यका लागि एक आमाले गर्न सक्ने त्याग र बलिदानका कथालाई भावुक तरिकाले चित्रण गरेको छ।

चलचित्रमा दिव्या गुरुङ, निर्मल जिसी, विष्णु पराजुली, निकिता रेग्मी, थम्मन गुरुङ, निशा गुरुङ, प्रिन्सेस जिसी, सज्जा लामिछाने, राजु कुमाल, बाबु कार्की, सुशान्त गुरुङ लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ।

फिल्मको छायाङ्कन अर्जुन थापा र पोखरेली कान्छाले गरेका छन् भने सम्पादन किशोर सुवेदीले गरेका छन्। कथा लेखनमा कोकिला पौडेल जिसीको योगदान रहेको छ।

निर्देशक जिसीले चलचित्रमा समावेश स्थानीय कलाकारहरूको योगदानको सम्मानस्वरूप पोखरेली दर्शकहरूलाई चलचित्र हेरेर सहयोग गर्न र हौसला दिन आग्रह गरेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15
बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार ज्ञामनाथ गैरेकाे मतदातालाई अपिल
10-Magh-2082 9:55:43