प्रकृति-मानव केन्द्रित जन अभियान नेपालको प्रथम पूर्ण बैठक सम्पन्न, महत्वपूर्ण निर्णयहरू पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपुर, २२ चैत्र २०८१

प्रकृति-मानव केन्द्रित जन अभियान, नेपालको छैठौं राष्ट्रिय सम्मेलनपछिको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक यहि चैत्र २० र २१ गते सामुदायिक प्राकृतिक चिकित्सालय, रजहरमा सम्पन्न भएको छ। बैठक अभियानका केन्द्रीय अध्यक्ष बिन्दुराज सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकको शुभारम्भ केन्द्रीय अध्यक्ष बिन्दुराज सापकोटा र चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर क्षेत्रीले पानसमा बत्ती बालेर गरेका थिए। बैठककाे स्वागत मन्तव्य अभियानकाे उपाध्यक्ष राजन के सी, शुभकामना मन्तव्य चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर क्षेत्री, चिकित्सालय व्यवस्थापन समितिका बरिष्ठ उपाध्यक्ष तथा समाजसेवी पेउनारायण न्याैपाने लगायतले गरेका थिए।  बैठकमा संगठन सुदृढीकरण, जनचेतना अभिवृद्धि तथा आगामी कार्ययोजनाका विषयमा गहन छलफल भएको थियो।
सम्मेलनको समीक्षा
बैठकमा गत पुस १९ र २० गते पोखरामा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलनको समीक्षा गरियो। सम्मेलन सहितको विभिन्न गतिविधि काे प्रगति प्रतिवेदन अध्यक्ष बिन्दुराज सापकोटाले प्रस्तुत गरेका थिए। आर्थिक प्रतिवेदन पूर्व अध्यक्ष सन्त बहादुर घिसिङले प्रस्तुत गरेका थिए।व्यापक छलफलपछि दुवै प्रतिवेदन पारित गरिएकाे थियोे।
आगामी कार्ययोजना तथा निर्णयहरू
बैठकले अभियानलाई प्रभावकारी बनाउनका लागि विभिन्न तहमा अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गर्ने निर्णय गर्दै निम्न महत्वपूर्ण कार्ययोजनाहरू पारित गरेकाे कुरा अभियानकाे अध्यक्ष विन्दुराज सापकोटाले जागाैं नेपाल मिडियालाई जानकारी दिनुभएको थियोे ।
१. केन्द्रीयस्तरका सम्मेलनहरू आयोजना गर्ने
अर्गानिक कृषि सम्मेलन – जैविक कृषिको प्रवर्द्धनका लागि।
प्राकृतिक स्वास्थ्य सम्मेलन – प्राकृतिक उपचार पद्धति र स्वस्थ जीवनशैलीको प्रवर्द्धनका लागि।
जलवायु परिवर्तन सम्मेलन – वातावरणीय समस्या र समाधानमाथि व्यापक छलफलका लागि।
२. संगठन सुदृढीकरण तथा विस्तार: संगठनलाई प्रदेशदेखि वडा र विद्यालय तहसम्म विस्तार गर्न अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने। नयाँ संरचना निर्माण तथा आवश्यकता अनुसार पुनर्गठन गर्ने।
३. विषादी नियन्त्रण अभियान: अत्यधिक विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल आयात गरिने नाकाहरूमा सजगता अभियान सञ्चालन गर्ने।केन्द्र, प्रदेश तथा सम्बन्धित जिल्लाहरूमा ज्ञापनपत्र बुझाउने तथा जनचेतना अभिवृद्धिका लागि प्रदर्शन गर्ने।
४.विविध निर्णयहरू अन्तर्गत बैठकका सम्पूर्ण सहभागी, व्यवस्थापन समितिका पदाधिकारी तथा नवलपुर जिल्ला समिति अध्यक्ष विक्रम मल्ल सहित समर्पित टोलीलाई निशुल्क आवास, भोजन तथा बैठक व्यवस्थापनमा सहयोग गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरिएकाे थियोे । मोरङको बुडीगंगा गाउँपालिका टंकीसिनवारी निवासी पूर्व अध्यक्ष नवराज विष्टकी माता स्व. हरिमाया विष्टको ८८ वर्षको उमेरमा निधन भएकोमा शोक प्रस्ताव पारित गर्दै भावपूर्ण श्रद्धान्जली व्यक्त गरिएको थियोे । बैठक अभियानका केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूको सहभागितामा सफलतापूर्वक सम्पन्न भएको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
पोखरामा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘आँसु’ बाराही हलमा २० गते प्रदर्शन हुने
11-Baishakh-2082 6:27:08
बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्थाकाे अधिवेशन सम्पन्न : अध्यक्षमा के. सी सहितकाे नेतृत्व …
29-Chaitra-2081 9:38:45
"वातावरणीय संकट रोक्न सरकारले जीवनमैत्री व्यवस्था अपनाओस्"-प्रकृति–मानव केन्द्रित जनअभियानको आग्रह
29-Chaitra-2081 10:45:55
प्रकृति-मानव केन्द्रित जन अभियान नेपालको प्रथम पूर्ण बैठक सम्पन्न, महत्वपूर्ण निर्णयहरू पारित
21-Chaitra-2081 7:13:57
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48