ऋग्वेद र हिमालय संग सम्बन्धित रहेर दोश्रो अन्तराष्ट्रिय सम्मेलन पोखरामा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन: ऋग्वेद र हिमालय (ICRH-024) आयोजना हुने भएको छ। गण्डकी प्रज्ञ प्रतिष्ठानमा मंसिर २२ र २३ गते हुने यो सम्मेलनको मुख्य विषयवस्तु "संस्कृति र पर्यटन" हुनेछ। सम्मेलनले प्राचीन ऋग्वेदका ज्ञान, हिमालय क्षेत्रका सांस्कृतिक परम्परा, र पर्यटनको सम्भावनाहरूमा केन्द्रित छलफल गर्नेछ।

गौरवको कुरा, प्रथम अन्तर्राष्ट्रिय सम्मेलन (ICRH-023) पोखराकै कुटी रिसोर्ट मा सम्पन्न भएको थियो। पहिलो सम्मेलनको सफलताले यसपटक थप व्यापक विषयवस्तु र सहभागिता सुनिश्चित गर्न प्रेरित गरेको आयोजक समितिले जनाएको छ।

           

प्रेस विज्ञप्ती

गण्डकी प्रज्ञा प्रतिष्ठान–पोखरा, सुलक्षण कीर्ति क्याम्पस कीर्तिपुर, र मुक्त फाउण्डेशन पोखराको संयुक्त आयोजना र विश्वविद्यालय अनुदान आयोग लागएत देशका विभिन्न उच्च शैक्षिक संस्थाहरु एवं सरकारी तथा गैरसरकारी निकायहरुसँगको साझेदारी र समन्वयमा यही २०८१ साल मंसिर २२ र २३ (सन् २०२४ डिसेम्वर ७ र ८) गते ऋग्वेद र हिमालय दोश्रोे अन्तराष्ट्रिय सम्मेलन –2nd International Conference on Rigveda and Himalaya (ICRH-024) कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको सभाहलमा सञ्चालन हुन गईरहेको छ ।

यस बर्षको मुख्य विषय संस्कृति र पर्यटन रहेको सम्मेलनमा ३० भन्दा बढी कार्यपत्रहरु प्रस्तुत् हुनेछन्, २०० जना भन्दा बढी विभिन्न क्षेत्रका विज्ञ, वतावरण तथा समाज विज्ञान र मानविकी विषयका उच्च शिक्षामा अध्ययनरत विद्यार्थी तथा अनुसन्धाताहरु सहभागि हुने यस कार्यक्रममा १० जना ऋग्वेद तथा पौरस्त्य साहित्यहिमाली संस्कृति र पर्यटन क्षेत्रका अध्यता र विज्ञहरुबाट आ–आफ्नो विषयमा विशेष मन्तब्य दिने कार्यक्रम रहेको छ । साथै कार्यक्रममा नेपालको संस्कृति र पर्यटनको अध्ययन र विकासमा योगदान पुर्याउनुहुने ३ जना राष्ट्रिय ब्यक्तित्वलाई सम्मान गर्ने र यस सम्मेलनको प्रथम बर्षमा प्रस्तुत् कार्यपत्रहरु समावेश गरिएको अन्तराष्ट्रिय स्तरको रिग्वैदिक हिमालय जर्नल को विमोचन गरिने पनि कार्यक्रम रहेको छ ।

नेपाली तथा हिमाली समाज र संस्कृतिमा रहेका प्राचितनम् मूल्य–मान्यताहरु र आजको विश्व परिवेशमा ति मान्यताहरुको महत्व समेतलाई ध्यानमा राखेर बार्षिकरुपमा सञ्चालन गर्न गईरहेको यस कार्यक्रमलाई पोखराको एक प्राज्ञिक उत्सवको रुपमा विकास गर्न गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, सबै स्थानिय सरकारहरु, विभिन्न सरकारी निकाय, विश्वविद्यालय तथा क्याम्पसहरु, पोखरा स्थित उच्च शैक्षिक संस्थाहरु, पर्यटन क्षेत्र, पत्रकार जगत एवं सम्पूर्ण बौद्धिक समुदायले आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग गरि कार्यक्रमलाई भब्यतापूर्वक सम्पन्न गर्न योगदान गरिदिनुहुन पनि विशेष अनुरोध गर्दछौं । धन्यवाद ।

दामोदर त्रिपाठी

संयोजक           

सम्मेलन आयोजक समुह (ICRH-024), पोखरा  ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।