उद्योग वाणिज्य संघ बागलुङको निर्वाचन चैत १६ गते, प्रतिस्पर्धामा शाक्य र शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ, १२ चैत ०८१ 

 बागलुङ उद्योग वाणिज्य संघको ६१औं वार्षिक साधारण सभा एवं १९औं महाधिवेशनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। संघको निर्वाचन आगामी चैत १६ गते शनिबार हुने तय गरिएको छ।
संघको नेतृत्वका लागि दुई प्रमुख उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। राजन कुमार शाक्य काे प्यानल नेपाली कांग्रेस (देउवा पक्ष), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूको समर्थनमा चुनावी मैदानमा छन्। यस्तै, नेकपा (एमाले)का बावुलाल शाक्य लगायतका केही नेताहरूले पनि उनलाई समर्थन जनाएका छन्।
उमाकान्त शर्मा काे प्यानल भने नेपाली कांग्रेस (गगन थापा पक्ष) र नेकपा (एमाले)को आधिकारिक समर्थनमा उम्मेदवार बनेका छन्।
निर्वाचन समितिद्वारा प्रकाशित कार्यतालिका अनुसार, मतदाता नामावली मिति चैत १० गते बिहान १:०० बजेसम्म सार्वजनिक भएको थियोे। मतदाता सूचीमा दाबी विरोधको समय सोही दिन बेलुका ५:०० बजेसम्म तोकिएको थियो। अन्तिम मतदाता नामावली चैत ११ गते दिनको १:०० बजेसम्म प्रकाशन गरिएको थियोे ।
उम्मेदवारी दर्ता चैत १२ गते दिउँसो ३:०० बजे देखि ५:०० बजेसम्म सम्पन्न भएको छ। उम्मेदवारीमाथि दाबी विरोध चैत १३ गते बिहान ११:०० बजेसम्म गर्न सकिनेछ भने सोही दिन दिउँसो ३:०० बजेसम्म उम्मेदवारी फिर्ता तथा समन्वयको समय तोकिएको छ। अन्तिम उम्मेदवार नामावली चैत १३ गते बेलुका ६:०० बजेसम्म प्रकाशित गरिने भएको छ।
बागलुङ उद्योग वाणिज्य संघको यो निर्वाचन व्यवसायी तथा उद्यमीहरूको चासोको केन्द्रमा रहेको छ। व्यवसाय प्रवर्द्धन, आर्थिक विकास र व्यावसायिक हितका सवालमा उम्मेदवारहरूले आ-आफ्ना प्रतिबद्धताहरू व्यक्त गरिरहेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15
बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार ज्ञामनाथ गैरेकाे मतदातालाई अपिल
10-Magh-2082 9:55:43