मन्दिप लामीछानेकाे विस्तृत घटना प्रकरण के थियोे ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बिष्णु अधिकारी

पोखरा, २६ फागुन २०८१ ।

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न.२७ अर्घुअर्चले, कबि शिरोमणी लेखनाथ पौडेलको जन्म गाँउ नजिकै रहेको  लामिछाने बस्तीका एकदेब लामिछाने जो त्यहाका पुराना नेपाली काग्रेशका त्यागी नेता थिए (हाल दिबंगत) को नाति, शुक्रराज लामिछानेका छोरा १८ बर्षको मन्दिप लामीछानेले त्रिवेणी पब्लिक सेकेण्डरी स्कुल ११ कक्षामा पढेने मन्दिपले ५ महिना अगाडी  बाबा आमालाई स्कुटर किनिदिन निकै दबाब दिन्छन । गाँउकै एकजना दाई बिदेश जानुपरेकाले स्कुटर बिक्री गर्नु परेको भन्ने  कुरा   सुनिन्छ र सोही स्कुटर किन्ने कुरा हुन्छ कुरा मिल्यो। स्कुटर किनियो र त्यसपछि दिदी मनिषा,ज्योति र भाई मन्दिप घरैमा स्कुटर चलाउन सिक्छन अर्घुचोक जाने आउने गर्छन । मन्दिप स्कुल जादा आउदा सोही स्कुटर चलाउन थाल्छ। यसैक्रममा अचानक मिती २०८१ मंसिरको ०३ गते बिहान १०:०० बजेको समयमा मन्दिप हतारिएर हेलमेट समेत नलगाई स्कुटर लिएर घरबाट  बाहिर निस्कन्छ। उसँग स्कुटरको लाईसेन्स पनि छैन। दिनभरी बाबा आमा काममा ब्यस्त भएकोले चासो भएन साँझसम्म पनि   घरमा नआएकोले कता गयो किन आएन भन्ने कुरा चल्छ कहि कतै साथीहरुकोमा गएको होला भन्ने ठानेर बाबा आमा खाना खाएर  सुत्छन । भोलीपल्ट पनि घरको कामले ब्यस्त बाबा आमा मनमा चिन्ता भएर पनि हार गुहार खोजखबर गर्दैनन र तेश्रो दिन अर्थात   मंसिर ६ गतेको दिन आफना दाजुभाईलाई भन्छन कि मन्दिप तिन दिन भयो घरमा आको छैन कता गयो कता ? के गर्ने कता खोज्ने  हो खै ?  सुक्रराजले आफ्ना दाजु खड्क लाई भन्छन।

जहा गएपनि मरेको छैन आउला नी २ चार दिन हेरौ न भन्ने कुरा आउछ खड्कले जवाफ दिन्छन्। अनि मंसिरको ८गतेसम्म पनि    कुनै खबर नपाएपछि बल्ल हामी आफन्तहरुलाई जानकारी दिईन्छ मंसिरको ८ गते सनिबारको दिन थियो। म आफु(लेखक)  अस्टेलिया रहेको र हामीहरु भोली आईतबारको घुमघामबारे छलफल गर्दै थियौ। हामीले तत्काल खोजि कार्य गर्नुपर्छ भनि कराए     पछि सोही दिनबाट बल्ल खोजतलासका लागि प्रहरी र आफन्त मार्फत खोजीकार्य अगाडी बढेको हुन्छ। म यस समयमा   अष्ट्रेलीयाको बृसबेनमा रहेको थिए मलाई यसबारे जानकारी भएपछि समयमा नै खोजी गर्नु पर्ने किन ढिला गरीयो भन्दै     उनिहरुलाई  छिटो खोजतलासमा लाग्न र प्रहरी प्रशासन र आफना दाजुभाई आफन्तहरु परिचालन गरी आबश्यक सबै   प्रक्रियाबाट  खोजी शुरु गर्नुहोला भनेको थिए ।

  नेपालबाट म्यासेन्जरमा फोन आयो। सञ्चै बिसन्चैका कुरा भए अनि त मन्दिप हराएको ५ दिन भैसक्यो घरमा आएन भन्ने खबर   सुनाए। ११ कक्षामा पढने केटो कहिकतै साथिहरुकोमा गयो होला भन्ने ठानेर बाबा आमाले ५ दिनसम्म खासै चासो दिएका   रहेनछन  तर ५ औ दिनमा पनि घरमा नआएपछि के गर्ने कसो गर्ने भनेर हामीलाई भनेको रहेछन । किन यतिका दिनसम्म खोजी   नगरेको भन्दा आउछ की भनेर हो भन्छन। केटो सिधा सादा नै थियो। मंसिर २ गतेको दिन स्कुल गएको रहेनछ प्रिन्सीपलले आमा   बिष्णु लामिछानेलाई फोन गरेर जानकारी गराएका रहेछन र आमाले मन्दिपलाई सोधिछन हिजो स्कुल किन नगएको ? आमाको   यो  प्रश्नले केटो रन्थनिदै घरमा आएछ। घरमा दिदी मनिषाले खाना बनाउदै गरेकी रहेछिन । खाना पाक्दै थियो उसै दिन घरको   दाँई  पनि थियो। दाँईमा बाबा आमा र ददेरालाई खाना लगेर दिनुपर्ने थियो । मनिषाले ठानिन भाईले खाना खान्छ अनि दाँईमा खाना  लिएर जान्छ । मनिषाले सोचे जस्तो भएन भाई त आफु पनि खाना नखाई घरबाट स्कुटर लिएर बाहिर निस्केर गयो कहाँ  ? यो किन गयो कसैलाई पत्तो भएन । सधै साथमा लिएर हिडने मोवाईल पनि लगेको छैन । दाँईमा पनि गएको छैन घरमा पनि छैन । साँझसम्म पनि घरमा नआएपछि सोही रातमा नै खोजतलासका लागि हिडनुपर्ने थियो तर आउला नि भन्ने सोझोपनको आशाले  बाबुआमाले पनि नकारात्मक सोच सोच्न सकेनन । स्कुल नगएको कुरा आमाले थाहा पाई भनेर लाजले कतै लुकेको होला आउला भन्ने ठानेर यो कुरा कसैलाई भनेनन आज भोली गर्दा गर्दै ६ दिन बित्यो केटो त आएन ।

  ८ गतेका दिन , काठमाण्डौमा लक्ष्मण न्यौपाने र हेम्जामा कृष्ण र बिष्णु ढुंगानालाई खबर गरीयो उनिहरु ९ गतेको दिउसो अर्चले   घरमा पुगे र मन्दिपको बिषयमा तथ्य संकलन गरे र कृष्ण, शुक्र, बिष्णु र लक्ष्मण भएर खोज्ने भनी कालिका माझठाना हुदै भगवतिटार पुग्दा बाटोको जंगलमा बेवारीसे अबस्थामा स्कुटर फेला पर्यो।

             बाटो छेउमा बेबारिसे अबस्थामा फेला करेको स्कुटर

 स्कुटर आफनै हो भन्ने एकिन भयो । सोही बाटोमा एकजना अधबैसे पुरुष मान्छे भेट भयो उसँग सोधपुछ गर्दा उस्ले भन्यो केटी   पनि साथमा छे केटा केटीले होमस्टे कता छ भनेर सोधेका थिए पुल पारी नै गएको हुनुपर्छ अधबैसे मान्छेले भने । स्कुटर   फेलापरेपछि बाटो कच्चि भएकोले स्कुटर बाटोमा राखेर लम्जुङतर्फ पो गएछ की भन्ने शंका गरीयो र भोलीपल्ट लमजुङतर्फ   खोजतलास गर्न लागियो। उक्त दिन स्कुटर लिएर घरमा आईयो । अनि भोलीपल्ट प्रहरीमा निबेदन गरी पुन खोजतलासको काम अगाडी बढाईयो कास्की र लम्जुङको सिमाना क्षेत्र र गाँउहरु सबै खोजतलास गर्दा कतै केही संकेत पाउन सकिएन ।

 

 लिप्यानी स्थित सहकारी संस्थको सि.सि.क्यामराको फुटेजमा स्कुटर लिएर हिडिरहेको देखिन्छ ।

 १७ गतेका दिन सबिन भन्ने मन्दिपको साथीले लिप्यानीमा चप्पल छ भन्ने कुरा गरेको रहेछ सुक्रका दाजु खडक, लक्ष्मन् ,बिष्णु,शुक्र   र कृष्णलाई लिएर भगवतीटार पुगेछन त्यहा पुग्दा मादी खोलाको तिरदेखी केही माथी एउटा चप्पल फेला परेछ । जुन चप्पल   मन्दिपले लगाउने गरेको हो भन्ने कुरा एकिन भयो। चप्पल फेलापरेपछि अब जिउदो अबस्थामा छैन प्रहरी प्रशासन र दाजुभाईहरु   सबैलाई लिएर खोज्नुपर्छ भनी भोलीपल्ट यताबाट हामीले दवाब दिएर खोजीकार्य शुरु भयो । मादी नदिको किनारमा ढुंगाको   खोचमा शरिर फुलेको, तल्लो भागको सबै अंग नागों, माथिल्लो भागमा भित्र टिसर्ट र बाहिर चेक सर्ट लगाएको अबस्थामा २३   गतेको २:०० बजे मादिको तिरमा कंकाल फेला पर्यो ।

                           मादी नदिको किनार ढुंगाको खोचमा फेला परेको मन्दिप लामीछानेको मृत शरिरको कंकाल     

 टिसर्ट शरिरमा रहेकाले सोही कपढाले पहिचान भयो कि मन्दिप यहि हो। त्यो कंकाल लिएर प्रहरीसाथ सबै घरमा आईयो।   घटनास्थल र शरिर हेर्दा प्रहरी निस्कर्ष यो सुसाईट वा दुर्घटना हैन हत्या नै हो भन्ने रहेको छ। हामी अनुसन्धान गर्नेछौ। प्रहरीले थप   अनुसन्धान गरी सदगद गर्नका लागि जाहेरी दिन भन्यो। जाहेरी दिईयो लाश सदगद भयो तर हत्या हो आत्महत्या हो वा दुर्घटना हो   भन्ने सवाल उठदा कसैले पनि आत्महत्या र दुर्घटना हो भन्न सक्ने अबस्था देखिएन र प्रहरी र स्थानिय तथा आफन्तहरु सबैले हत्या   नै हो भन्ने निष्कर्षमा पुगेपनि हत्याको कुनै सबुत त्यो समयसम्म फेलापर्न सकेको छैन। बुढी मरी भनेर हैन काल पल्क्यो भनेर रुनु   भन्ने प्रचलन भनाई छ यस्तै गरेर यो घटनामा आज मन्दिपको ज्यान गयो भने भोली अरु धेरै मन्दिपहरु सुरक्षीत रहलान भन्न सकिन्न।  यस घटनाको सत्य तथ्य बाहिर आउनै पर्छ हत्या नै हो भन्नेमा शंका नरहेको अबस्थामा प्रहरीले चाहेमा हत्यारालाई पत्ता लगाउन   सक्छ तर पहुँचको कुरा होला पार्टीको कुरा होला जे भएपनि न्याय पाउनु परयो राज्यले बाबा आमालाई न्याय दिनुपर्यो । राज्य  नागरिक प्रति कति संबेदनसिल र जवाफदेही छ भन्ने कुरा यस घटनाबाट हेर्न सकिन्छ । साथीसँग चुरोट र बियर पिउदै गरेको  फोटो मन्दिपको मोवाईलमा फेला परेको छ । मन्दिपसँगै बसेर चुरोट खादै गरेका, बियर खाएको साथी को हो?  अरु साथीहरु को   को हुन र कहाँ छन ? उसँगको संगत कति भयो?  उ बाहेक अरु को को साथीहरु छन? स्कुटर लिएर भगवतीटार कस्ले पठायो   वा  कस्ले बोलायो र हेलमेट पनि नलगाईकन किन गयो के लिएर गयो? स्कुटर बाटोमा किन छाडीयो ? स्कुटर भेटिदा केटी पनि   साथमा छ भनेर भन्ने मान्छे को हो? केटी थियो भने कसैले प्रयोग गरेको हो ? झगडा भएको थियो भने त्याहा सुन्ने देख्ने मान्छे कोही   न  कोही होलान? केटी लिएर गएको होईन हुदै होईन भनेर मन्दिपको साथीले भनेको छ त्यो साथी कोहो? उस्को भनाईमा मन्दिप   कहिले किन के का लागि कहा र किन गएको हो ? यस्को चित्त बुझने जवाफ खोजीनुपर्ने देखिन्छ । चप्पल फेला पार्ने को हो?   जोसँग यी सम्पुर्ण सुचनाहरु हुन सक्दछन्, प्रहरीले गम्भिर रुपमा अनुसन्धान गरिदिएमा मन्दिप मृत्युको सत्य पत्ता लाग्ने छ र   दोषीलाई कानुनी कठघरामा उभ्याएर सजाय दिन सकेमा मन्दिको आत्माले शान्ति पाउने छ । समाज कता जादैछ   महानगरपालिका भित्रका टोल बस्ती र गाँउघरका युवाहरु कुलतमा फसेकै हुन ? यो घटना पनि कुलतकै कारण भएको हो भने   यस  प्रकारको घटनाबाट समाजमा शिक्क्षा पनि मिल्नेछ। सब सनाखद भएकोले प्रहरीको सल्लाह अनुसार चप्पल फेला परेको   दिनबाट हिन्दु संस्कार अनुसार काजक्रिया त गरियो तापनि सत्य तथ्य के हो बाहिर ल्याउन सबैले सहयोग गरौ प्रहरी अनुसन्धानले   यस घटनालाई बिषेश गम्भिर चासो दिएर हेर्नुपर्ने देखिन्छ । यस प्रकारको घटनाले मन्दिपको ज्यान गयो भन्दा पनि समाजमा   युवाहरुको गति र मती किन र कसरी यो हदसम्मको हत्या अपराधतर्फ अगाडी बढन उत्प्रेरीत भईरहेको छ र यस्ले भोलीको   समाज  कस्तो होला चिन्ता बढाएको छ।

 

 

 

 

 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।