पाेखरा, २८ फागुन ०८१
पृथ्वीनारायण क्याम्पस, पोखरामा कानुन र राजनीतिशास्त्रका विद्यार्थी कमल सुवेदीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। सुवेदीले राजनीतिक संगठनका विरुद्ध स्वतन्त्र उम्मेदवार भई निर्वाचनमा हाेमिएका हुन् । स्ववियु निर्वाचन चैत ५ गते हुदैछ।
शिक्षा मानिसको व्यक्तित्व विकासको प्रमुख आधार हो। क्याम्पसहरू ज्ञान आर्जन गर्ने थलो मात्र होइन, वैचारिक परिपक्वता र भविष्य निर्माणको जग पनि हुन्। तर पछिल्लो समय क्याम्पसहरू राजनीति गर्ने थलो बन्दै गइरहेका छन्, जसले शिक्षाको मूल उद्देश्यलाई ओझेलमा पारिरहेको अवस्थामा क्याम्पस सुधार, नवप्रवर्तन र शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सुवेदीको उम्मेदवारीमा व्यापक समर्थन प्राप्त भएको कुरा सचिवालयले जनाएको छ। सुवेदीले शैक्षिक गुणस्तर, डिजिटल प्रशासन, खेलकुद प्रवर्धन र विद्यार्थी हितका अन्य विभिन्न पक्षलाई प्राथमिकतामा राख्दै क्याम्पसको समग्र सुधारको प्रतिबद्धता गरेका छन् । सुवेदीले आफुलाई भाेट किन दिने भन्ने सवालमा प्रस्तुत गरेका संकल्प यश प्रकार रहेका छन् ।
डिजिटल प्रशासन र शिक्षामा सुधारको अठोट
कमल सुवेदीले क्याम्पसलाई आधुनिक र प्रविधिमैत्री बनाउने लक्ष्य लिएका छन्। उनले क्याम्पस प्रशासनलाई डिजिटल प्रणालीमा रूपान्तरण गरी पारदर्शी र चुस्तदुरुस्त बनाउन प्रस्ताव गरेका छन्। प्रविधिको अधिकतम प्रयोग गर्दै क्याम्पसमा डिजिटल कक्षाकोठा, ई-पुस्तकालय र अनलाइन शैक्षिक सामग्रीहरू उपलब्ध गराउन पहल गर्ने सुवेदीको लक्ष्य छ । विद्यार्थीहरूको प्रगतिपत्र, उपस्थितिको विवरण र शुल्क व्यवस्थापनलाई डिजिटल बनाउँदै क्याम्पस प्रशासनलाई स्मार्ट र प्रविधिमैत्री बनाउन पहल गर्न उनी प्रतिबद्ध रहेका छन्।
क्याम्पसमा राजनीति गर्ने थलो बनाउनु हुँदैन।
क्याम्पसहरू ज्ञान, सीप र व्यक्तित्व विकासको केन्द्र हुन्। तर पछिल्लो समय क्याम्पसहरू राजनीति गर्ने थलो बन्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ। राजनीतिक प्रदर्शन, हड्ताल र झडपले क्याम्पसको शैक्षिक वातावरणमा प्रत्यक्ष असर पुर्याउँछन्। राजनीतिक गतिविधिमा संलग्नताका कारण विद्यार्थीहरूले पढाइमा ध्यान दिन सक्दैनन्, ।
राजनीतिक हस्तक्षेपको अन्त्य र शैक्षिक स्वायत्तता
कमल सुवेदीले क्याम्पसलाई राजनीति मुक्त क्षेत्र बनाउँदै दलगत संगठनहरूको हस्तक्षेप अन्त्य गर्ने योजना अघि सारेका छन्।
स्वतन्त्र र निष्पक्ष शैक्षिक वातावरणको प्रत्याभूति क्याम्पसमा दलीय गतिविधिलाई नियन्त्रण गर्दै शैक्षिक माहोललाई शान्तिपूर्ण र अध्ययनमुखी बनाउन उनले विशेष जोड दिएका छन्।
नैतिक शिक्षामा जोड
विद्यार्थीहरूले राजनीतिलाई लोकतान्त्रिक मूल्य र नैतिकतासँग जोडेर बुझ्नुपर्ने उनको धारणा छ। यसका लागि क्याम्पसमा विचार गोष्ठी र संवाद कार्यक्रमहरू आयोजना गर्न आवश्यक रहेको उनी बताउँछन्।
गुणस्तरीय र रोजगारमूलक शिक्षामा केन्द्रित पहल
कमल सुवेदीले क्याम्पसमा सीपमूलक, व्यवसायिक र अनुसन्धानमूलक शिक्षा प्रवर्धन गर्न विशेष योजना प्रस्तुत गरेका छन्। विद्यार्थीहरूलाई रोजगारीमूलक तालिम र उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन गर्न जोड दिएका छन् ।
खेलकुद प्रवर्धन र एकेडेमी स्थापनाको संकल्प:
क्याम्पसमा खेलकुद गतिविधिलाई प्रवर्धन गर्दै सुवेदीले भलिबल, फुटबल, क्रिकेट र बास्केटबल जस्ता खेलहरूलाई व्यवस्थित बनाउने लक्ष्य लिएका छन्। विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रवर्धन गर्न खेलकुद एकेडेमी स्थापना गरी व्यवस्थित प्रशिक्षणको व्यवस्था गर्ने योजना छ।
छात्रावास सुधार र सुविधा विस्तार : आर्थिक रूपमा विपन्न, असहाय र दुर्गम क्षेत्रबाट आउने विद्यार्थीहरूको लागि सुवेदीले सुविधासम्पन्न छात्र/छात्रावास निर्माण गरी उनीहरूको आवास व्यवस्थापनमा सुधार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
क्याम्पसलाई 'इनोभेसन एण्ड रिसर्च हब' बनाउने:
क्याम्पसलाई अध्ययनका साथसाथै नवीनतम अनुसन्धान र इनोभेसनको केन्द्र बनाउँदै शैक्षिक नवप्रवर्तनमा प्रेरित गर्न सुवेदीले प्रतिबद्धता जनाएका छन् ।
कमल सुवेदीको उम्मेदवारीले क्याम्पस सुधार र शिक्षामा गुणस्तर अभिवृद्धिको प्रतिबद्धता प्रस्तुत गरेका छन् । उनीले क्याम्पसलाई राजनीति मुक्त राखी गुणस्तरीय, प्रविधिमैत्री र अध्ययनमुखी वातावरण सिर्जना गर्न जोड दिएका छन्। क्याम्पसलाई शिक्षा र नवप्रवर्तनको केन्द्र बनाउँदै विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न शिक्षाको मन्दिरलाई राजनीतिबाट मुक्त राख्दै उज्ज्वल भविष्य निर्माणको यात्रामा नेतृत्व प्रदान गर्न सुवेदीको उम्मेदवारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।