प्रधानाध्यापक संघ नेपालको नयाँ नेतृत्व चयन, सुदाम प्रसाद गौतम अध्यक्षमा निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, २५ जेठ २०८२ 

पोखरामा सम्पन्न प्रधानाध्यापक संघ नेपाल (PAN) को दोस्रो राष्ट्रिय सम्मेलनले सुदाम प्रसाद गौतमको अध्यक्षतामा २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ।
सम्मेलनको समापनसँगै संघको नेतृत्वमा अनुभव र युवा जोशको संयोजनसहितको कार्यसमिति चयन भएको हो। सम्मेलनमा देशभरका प्रधानाध्यापकहरूको सक्रिय सहभागिता रहेको थियो।
नयाँ कार्यसमिति यस्तो छ:
अध्यक्ष – सुदाम प्रसाद गौतम
वरिष्ठ उपाध्यक्ष – हेरम्बराज कँडेल
उपाध्यक्ष – टिकाराम पाण्डेय
महासचिव – लक्ष्मण श्रेष्ठ
उपमहासचिव – मीन अछामी
सचिवहरू – बेग बहादुर थापा, मञ्जु बस्नेत, याम बहादुर श्रेष्ठ
कोषाध्यक्ष – रिता तिवारी
सह–कोषाध्यक्ष – हिमाल केसी
सदस्य सचिव – घनश्याम न्यौपाने
सदस्यहरू:
सञ्जय कुमार झा, बसन्ता गिरी, लक्ष्मी पन्त देवकोटा, विश्वरसिंह मेवाहाङ, चन्द्र प्रसाद मैनाली, बामदेव पौडेल, हरिप्रसाद घिमिरे, नवराज घिमिरे, लक्ष्मण दत्त भट्ट, कुबेर प्रसाद भेटुवाल, विनिता कुमारी साह, महावीर दास, प्रबिन प्रकाश श्रेष्ठ, गीता काफ्ले, शारदा पौडेल, दुर्गा बहादुर रावत, मधुसुदन पोखरेल र डा. टंक दाहाल।
शिक्षा प्रणाली सुधारमा केन्द्रित हुने प्रतिबद्धता
सम्मेलनमा सहभागी वक्ताहरूले शिक्षामा नेतृत्व विकास, गुणस्तरीय शिक्षा विस्तार, र विद्यालयहरूको समुचित व्यवस्थापनका लागि संघको भूमिकालाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए।
नव-निर्वाचित अध्यक्ष गौतमले शिक्षा नीति निर्माणमा प्रधानाध्यापकहरूको सुझाव र नेतृत्वलाई समावेश गर्दै संघलाई अझ क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानाध्यापक संघ नेपालले आगामी दिनमा शिक्षासम्बन्धी बहस, नीति निर्माणमा दबाब र प्रधानाध्यापकहरूको पेशागत हकहितका विषयमा संस्थागत पहललाई प्राथमिकतामा राख्ने जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15
बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार ज्ञामनाथ गैरेकाे मतदातालाई अपिल
10-Magh-2082 9:55:43