बागलुङ बहुमुखी क्याम्पसमा स्ववियुकाे सभापति पदमा १ स्वतन्त्र सहित ३ जनाकाे उम्मेदवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ २७ फागुन २०८१

धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा १ स्वतन्त्र उम्मेदवार र  पहिलो पटक दुई महिला सभापति उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। नेपाल विद्यार्थी संघकी सृष्टि आचार्य र अखिल संयुक्त प्यानलकी आश्मिन शेखले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। स्वतन्त्र उम्मेदवारका रूपमा नेविसंघका पूर्व नेता दिपक सुवेदी पनि मैदानमा छन्।

यसपटक नेविसंघ एकल प्यानलसहित प्रतिस्पर्धामा रहेको छ भने अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौं र राप्रपा विद्यार्थी संघले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन्। कांग्रेसले आचार्यलाई टिकट दिएपछि असन्तुष्ट भएका सुवेदी स्वतन्त्र रूपमा चुनाव लड्न अघि सरेका हुन्।

विवाद र तालाबन्दीका बीच सम्पन्न उम्मेदवारी दर्तापछि महिलाहरूको नेतृत्वमा भएको यो ऐतिहासिक प्रतिस्पर्धा क्याम्पसमा चासोको विषय बनेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
पोखरामा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘आँसु’ बाराही हलमा २० गते प्रदर्शन हुने
11-Baishakh-2082 6:27:08
बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्थाकाे अधिवेशन सम्पन्न : अध्यक्षमा के. सी सहितकाे नेतृत्व …
29-Chaitra-2081 9:38:45
"वातावरणीय संकट रोक्न सरकारले जीवनमैत्री व्यवस्था अपनाओस्"-प्रकृति–मानव केन्द्रित जनअभियानको आग्रह
29-Chaitra-2081 10:45:55
प्रकृति-मानव केन्द्रित जन अभियान नेपालको प्रथम पूर्ण बैठक सम्पन्न, महत्वपूर्ण निर्णयहरू पारित
21-Chaitra-2081 7:13:57
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48