बागलुङ बहुमुखी क्याम्पसमा स्ववियुकाे सभापति पदमा १ स्वतन्त्र सहित ३ जनाकाे उम्मेदवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ २७ फागुन २०८१

धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा १ स्वतन्त्र उम्मेदवार र  पहिलो पटक दुई महिला सभापति उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। नेपाल विद्यार्थी संघकी सृष्टि आचार्य र अखिल संयुक्त प्यानलकी आश्मिन शेखले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। स्वतन्त्र उम्मेदवारका रूपमा नेविसंघका पूर्व नेता दिपक सुवेदी पनि मैदानमा छन्।

यसपटक नेविसंघ एकल प्यानलसहित प्रतिस्पर्धामा रहेको छ भने अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौं र राप्रपा विद्यार्थी संघले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन्। कांग्रेसले आचार्यलाई टिकट दिएपछि असन्तुष्ट भएका सुवेदी स्वतन्त्र रूपमा चुनाव लड्न अघि सरेका हुन्।

विवाद र तालाबन्दीका बीच सम्पन्न उम्मेदवारी दर्तापछि महिलाहरूको नेतृत्वमा भएको यो ऐतिहासिक प्रतिस्पर्धा क्याम्पसमा चासोको विषय बनेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15
बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार ज्ञामनाथ गैरेकाे मतदातालाई अपिल
10-Magh-2082 9:55:43