पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन : अध्यक्षमा ८ जनाको उम्मेदवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा २७ फागुन ०८१
पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। मंगलबार स्ववियु निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको हो।
स्ववियु अध्यक्षका लागि आठ जना उम्मेदवारहरू रहेका छन्, जसमा विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र उम्मेदवारहरू छन्।
कमल सुवेदी (स्वतन्त्र)
विप्लवी न्यौपाने (स्वतन्त्र)
मिलन सुनार (अखिल छैटौं)
दिप्सन गुरुङ (प्राज्ञिक विद्यार्थी परिषद्)
विष्णु पोखरेल (अनेरास्ववियु)
सुशिल न्यौपाने (नेविसंघ)
नविन अधिकारी (अखिल क्रान्तिकारी)
सन्तोष पौडेल (समाजवादी मोर्चा)
स्ववियु निर्वाचन चैत ५ गते हुने तय भएको छ। पृथ्वीनारायण क्याम्पसमा करिब ९ हजार २७० मतदाता रहेका छन्। विसं २०६५ यता क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन। २०७९ मा निर्वाचन प्रक्रियामा विवाद उत्पन्न हुँदा निर्वाचन रोकिएको थियो।
यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा कमल सुवेदी र विप्लवी न्यौपाने, प्रमुख राजनीतिक दलहरूसँग आवद्ध विद्यार्थी संगठनहरू नेकपा एमाले निकट अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेस निकट नेविसंघबाट सुशिल न्यौपाने, र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट नविन अधिकारीले उम्मेदवारी दिएका छन्।यस्तै, समाजवादी मोर्चाबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, र प्राज्ञिक विद्यार्थी परिषद्बबाट दिप्सन गुरुङ उम्मेदवार बनेका छन्।
दीर्घकालदेखि हुन नसकेको निर्वाचनले विद्यार्थीहरूमा उत्साह थपेको छ। स्ववियु नेतृत्वका लागि भएको यो प्रतिस्पर्धामा विद्यार्थीहरूले आफ्नो मताधिकार प्रयोग गरेर नयाँ नेतृत्व चयन गर्ने अवसर पाएका छन्।
अध्यक्ष पदको प्रतिस्पर्धामा उम्मेदवारहरूको विचार, योजना, र चुनावी एजेन्डामा विद्यार्थीहरूको चासो रहेको देखिन्छ। चैत ५ गते हुने स्ववियु निर्वाचनले पृथ्वीनारायण क्याम्पसको विद्यार्थी नेतृत्व कस्को हातमा जाने भन्ने प्रश्नको उत्तर दिनेछ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
पोखरामा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘आँसु’ बाराही हलमा २० गते प्रदर्शन हुने
11-Baishakh-2082 6:27:08
बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्थाकाे अधिवेशन सम्पन्न : अध्यक्षमा के. सी सहितकाे नेतृत्व …
29-Chaitra-2081 9:38:45
"वातावरणीय संकट रोक्न सरकारले जीवनमैत्री व्यवस्था अपनाओस्"-प्रकृति–मानव केन्द्रित जनअभियानको आग्रह
29-Chaitra-2081 10:45:55
प्रकृति-मानव केन्द्रित जन अभियान नेपालको प्रथम पूर्ण बैठक सम्पन्न, महत्वपूर्ण निर्णयहरू पारित
21-Chaitra-2081 7:13:57
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48