पोखरा, गण्डकी प्रदेश, पाैष ०३ ।
गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालयको निर्देशनालयले "स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन कार्यक्रम" अन्तर्गत अनुदानका लागि प्रस्ताव पेश गर्न सूचना प्रकाशित गरेको छ।
मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत, स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई पचास प्रतिशत लागत साझेदारीमा आधुनिक प्रविधि खरिदका लागि अनुदान प्रदान गरिनेछ। यो कार्यक्रम गण्डकी प्रदेशका ११ जिल्लाका उद्योगहरूको दिगो विकास र प्रवर्द्धनको उद्देश्यले ल्याइएको हो।
प्रस्ताव पेश गर्ने प्रक्रिया:
इच्छुक उद्योगहरूले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजातहरू सहित प्रस्ताव पेश गर्नुपर्नेछ।
प्रस्ताव यस निर्देशनालय वा सम्बन्धित जिल्लाको पर्यटन तथा उद्योग कार्यालयमा बुझाउन सकिन्छ। प्रस्ताव पेश गर्दा निम्न कागजात संलग्न गर्नुपर्नेछः
1. उद्योग/व्यवसाय नवीकरण दर्ता प्रमाणपत्रको प्रतिलिपि
2. स्थायी लेखा नम्बर (PAN/VAT) दर्ता र करचुक्ता प्रमाणपत्र
3. स्थानीय तहको सिफारिस
4. अघिल्लो तीन वर्षको अनुदान प्राप्ति सम्बन्धी स्वघोषणा पत्र
5. व्यवसायिक योजना
थप जानकारी:
प्रस्ताव पेश गर्न आवश्यक अनुसूची फाराम निर्देशनालयको वेबसाइट www.iccrpd.gandaki.gov.np बाट डाउनलोड गर्न सकिनेछ। थप जानकारीका लागि निर्देशनालयको ईमेल iccrpdpokhara@gmail.com वा फोन नं. ०६१-४५०८७६ मा सम्पर्क गर्न सकिन्छ।
यदि प्रस्ताव पेश गर्ने अन्तिम दिनमा सार्वजनिक विदा परेमा, भोलिपल्टसम्म प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरिएको छ। यस योजनाले स्थानीय कच्चा पदार्थलाई उद्योगिक रूपमा उपयोग गर्दै गण्डकी प्रदेशका उद्योगहरूको प्राविधिक क्षमता र प्रतिस्पर्धात्मकतामा वृद्धि गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।