गण्डकी प्रदेशमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा अन्तरक्रिया सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाेखरा, २६ पाैष २०८१

गण्डकी प्रदेशको मानव अधिकारको प्रवर्द्धन र संरक्षणका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूको अवस्थाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। ईन्सेक, गण्डकी प्रदेशका प्रमुख शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय पदमा जोशी श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कुसुम बुढा, नेपाली कांग्रेसका सचेतक प्रकाश बराल, र माननीय नन्दकला नेपाली विशेष अतिथिको रूपमा सहभागी भई प्रदेश सरकारले नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षमा जाेड दिनुपर्ने  बिषयलाई उजागर गरेका थिए । गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष पदमराज पहारी, मानव अधिकार आयोगका प्रमुख, विभिन्न सामाजिक संघ-संस्था, र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक गिरधारी सुवेदीले “मानव अधिकारका सवालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था तथा गण्डकी प्रदेश सरकारको अनुगमन भूमिका” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमले प्रदेश सरकारको जिम्मेवारी, नागरिक अधिकार, र आर्थिक तथा सांस्कृतिक अधिकारहरूलाई सुनिश्चित गर्न गरिनुपर्ने नीतिगत पहलहरूबारे गहन छलफल गरेको थियो। सहभागीहरूले यी अधिकारहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार र नागरिक समाजबीच समन्वयको आवश्यकता औंल्याएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
पोखरामा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘आँसु’ बाराही हलमा २० गते प्रदर्शन हुने
11-Baishakh-2082 6:27:08
बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्थाकाे अधिवेशन सम्पन्न : अध्यक्षमा के. सी सहितकाे नेतृत्व …
29-Chaitra-2081 9:38:45
"वातावरणीय संकट रोक्न सरकारले जीवनमैत्री व्यवस्था अपनाओस्"-प्रकृति–मानव केन्द्रित जनअभियानको आग्रह
29-Chaitra-2081 10:45:55
प्रकृति-मानव केन्द्रित जन अभियान नेपालको प्रथम पूर्ण बैठक सम्पन्न, महत्वपूर्ण निर्णयहरू पारित
21-Chaitra-2081 7:13:57
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48