जैमिनीमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुजन आचार्य

२० पाैष ०८१ ।

जैमिनी नगरपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ पौष १७ देखि १९ गतेसम्म भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा राङखानी मा.वि., जैमिनी-१०, राङखानीले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण, ४ रजत, र २ कास्य पदक जितेर प्रथम स्थान हासिल गरेको छ। शान्ति मा.वि., जैमिनी-१, कुश्मिसेराले ६ स्वर्ण, ५ रजत, र ४ कास्य पदकसहित द्वितीय स्थान हात पारेको छ भने जनशिक्षित मा.वि., जैमिनी-६, अर्जेवाले ६ स्वर्ण, ४ रजत, र ४ कास्य पदक जितेर तृतीय स्थान प्राप्त गर्यो।

प्रतियोगितामा छात्र/छात्रा भलिबल, कबड्डी, तेक्वान्दो, ८०० मि. दौड, १०० मि. दौड, २०० मि. दौड, ४०० मि. दौड, १५०० मि. दौड, ४००४ मि. रिले दौड, १००४ मि. रिले दौड, शटपुट थ्रो, ज्याभलिन थ्रो, हाइजम्प, लङजम्प, र त्रिपलजम्पजस्ता खेलहरू समावेश गरिएका थिए।

यस अवसरमा गण्डकी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगितामा जैमिनी नगरपालिकाबाट समावेश भई प्रथम भएका शिक्षकहरू दिनेश शर्मा (जनता मा.वि., पैयू), दिपक शर्मा (विजुवा मा.वि., पैयू) र मिना सारु थापा (सुन्तलाचौर मा.वि., दमेक) लाई सम्मान प्रदान गरिएको थियो।

कार्यक्रम जैमिनी नगरपालिकाको आयोजनामा, नगर खेलकुद विकास समितिको संयोजनमा र सहारा युवा क्लबको सञ्चालन तथा व्यवस्थापनमा सम्पन्न भएको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
पोखरामा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘आँसु’ बाराही हलमा २० गते प्रदर्शन हुने
11-Baishakh-2082 6:27:08
बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्थाकाे अधिवेशन सम्पन्न : अध्यक्षमा के. सी सहितकाे नेतृत्व …
29-Chaitra-2081 9:38:45
"वातावरणीय संकट रोक्न सरकारले जीवनमैत्री व्यवस्था अपनाओस्"-प्रकृति–मानव केन्द्रित जनअभियानको आग्रह
29-Chaitra-2081 10:45:55
प्रकृति-मानव केन्द्रित जन अभियान नेपालको प्रथम पूर्ण बैठक सम्पन्न, महत्वपूर्ण निर्णयहरू पारित
21-Chaitra-2081 7:13:57
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48