पहिलो संस्करणको भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता पुस अन्तिम साता हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाेखरा ।

२४ ,पाैष २०८१

पहिलो संस्करणको भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता पुस अन्तिम साता हुने भएको छ। भिन्तुना युवा क्लब, तेर्सापट्टि , पोखरा-३ को आयोजनामा हुने यो प्रतियोगिता आगामी पुस २६ र २७ गते हुने भएको हो। 

 प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपौँया, उपिवजेता हुने टोलीले ५५ हजार ५५५ रुपौँयासिहत ट्रफी, मेडल प्रमाणपत्र पाउने अर्थ संयोजक राजन श्रेष्ठ ले जानकारी दिनुभयो । 

 यस्तै, प्रतियोगितामा विधा तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डरले सामान ५ हजार पाउने छन् भने फेयर प्ले टिमले पनि ५ हजार पाउने भएका छन्। प्रतियोगितामा क्वाटरफाइनलपछि हरेक खेलको म्यान अफ दि म्याचलाई एक हजारसहित ट्रफी प्रदान गरिने छ। 

 सहभागि टिमलाई टिम दर्ताको लागि ६ हजार शुल्क तोकिएको छ भने प्रतियोगिताको सबै खेलहरु स्पोर्ट्स क्यासल गैरापाटन पोखरा -४ मा हुनेछ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15
बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार ज्ञामनाथ गैरेकाे मतदातालाई अपिल
10-Magh-2082 9:55:43