महिला कानून व्यवसायीहरूको ३१औं राष्ट्रिय सम्मेलन विराटनगरमा आयोजना हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, ०३ पाैष । 

नेपाल बार एशोसिएशन महिला समितिको आयोजनामा कानून व्यवसायी महिलाहरूको ३१औं राष्ट्रिय सम्मेलन आगामी २०८१ पुस १३ र १४ गते विराटनगरको वरगाछि चोकस्थित होटल मनास्लु इनमा हुने भएको छ।

महिलाको समानुपातिक, समावेशी सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता” भन्ने नाराका साथ आयोजना हुने यस सम्मेलनमा देशभरका कानून व्यवसायी महिलाहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।

समावेशिता र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न कानूनी पेशामा महिला सहभागिता बढाउने उद्देश्यले आयोजित यस कार्यक्रमले महिलाहरूलाई न्याय प्रणालीमा थप सशक्त बनाउन महत्वपूर्ण छलफल गर्नेछ।

नेपाल बार एशोसिएशन महिला समितिले सम्मेलनमा कानूनी पेशाका चुनौती, समाधानका उपाय, र न्याय प्रणालीमा महिलाको योगदानको विषयमा विस्तृत बहस गरिने जानकारी दिएको छ।

कार्यक्रमको मिति र स्थान:

मिति: २०८१ पुस १३ र १४ गते

स्थान: कोशी प्रदेश, वरगाछि चोक, विराटनगर (होटल मनास्लु इन)

सम्पूर्ण कानून व्यवसायी महिला सदस्यहरूलाई कार्यक्रममा उपस्थित भई योगदान पुर्‍याउन आयोजक समितिले हार्दिक अनुरोध गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
पोखरामा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘आँसु’ बाराही हलमा २० गते प्रदर्शन हुने
11-Baishakh-2082 6:27:08
बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्थाकाे अधिवेशन सम्पन्न : अध्यक्षमा के. सी सहितकाे नेतृत्व …
29-Chaitra-2081 9:38:45
"वातावरणीय संकट रोक्न सरकारले जीवनमैत्री व्यवस्था अपनाओस्"-प्रकृति–मानव केन्द्रित जनअभियानको आग्रह
29-Chaitra-2081 10:45:55
प्रकृति-मानव केन्द्रित जन अभियान नेपालको प्रथम पूर्ण बैठक सम्पन्न, महत्वपूर्ण निर्णयहरू पारित
21-Chaitra-2081 7:13:57
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48