महिला कानून व्यवसायीहरूको ३१औं राष्ट्रिय सम्मेलन विराटनगरमा आयोजना हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, ०३ पाैष । 

नेपाल बार एशोसिएशन महिला समितिको आयोजनामा कानून व्यवसायी महिलाहरूको ३१औं राष्ट्रिय सम्मेलन आगामी २०८१ पुस १३ र १४ गते विराटनगरको वरगाछि चोकस्थित होटल मनास्लु इनमा हुने भएको छ।

महिलाको समानुपातिक, समावेशी सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता” भन्ने नाराका साथ आयोजना हुने यस सम्मेलनमा देशभरका कानून व्यवसायी महिलाहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।

समावेशिता र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न कानूनी पेशामा महिला सहभागिता बढाउने उद्देश्यले आयोजित यस कार्यक्रमले महिलाहरूलाई न्याय प्रणालीमा थप सशक्त बनाउन महत्वपूर्ण छलफल गर्नेछ।

नेपाल बार एशोसिएशन महिला समितिले सम्मेलनमा कानूनी पेशाका चुनौती, समाधानका उपाय, र न्याय प्रणालीमा महिलाको योगदानको विषयमा विस्तृत बहस गरिने जानकारी दिएको छ।

कार्यक्रमको मिति र स्थान:

मिति: २०८१ पुस १३ र १४ गते

स्थान: कोशी प्रदेश, वरगाछि चोक, विराटनगर (होटल मनास्लु इन)

सम्पूर्ण कानून व्यवसायी महिला सदस्यहरूलाई कार्यक्रममा उपस्थित भई योगदान पुर्‍याउन आयोजक समितिले हार्दिक अनुरोध गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15