वरिष्ठ अधिवक्ता माथि कुटपिटको घटनाप्रति बार एसोसिएशनको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २०८१ माघ ३
काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिट र दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। मिति २०८१ माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरमा ठगी मुद्दाको थुनछेक बहसपछि अदालतबाट बाहिरिँदै गर्दा अधिवक्ता त्रिपाठीमाथि जाहेरवालाका प्रतिनिधिहरूको आक्रोशमा आधारित अमानवीय व्यवहार भएको थियो।

बार एशोसिएशनका अध्यक्ष आर.सी. बिमल र सचिव उकाल राम श्रेष्ठद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा कानुन व्यवसायीप्रति यस्तो आक्रमणले स्वतन्त्र न्यायपालिकाको सिद्धान्तमाथि चोट पुग्ने उल्लेख गरिएको छ। साथै, कानुन व्यवसायीले पेशागत धर्मअनुसार बहस पैरवी गर्ने अधिकारको सम्मान गर्दै घटनाका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरिएको छ।

बार एशोसिएशनले कानुन व्यवसायीमाथिको कुनै पनि किसिमको आक्रमणलाई निन्दनीय मान्दै, यसले कानुनी शासन र लोकतान्त्रिक मूल्यमाथि धक्का पुर्‍याउने चेतावनी दिएको छ। विज्ञप्तिमा दोषीलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

यो घटना कानुन व्यवसायीहरूको पेशागत स्वतन्त्रतामाथिको आक्रमण भन्दै कानुनी र सामाजिक सन्दर्भमा व्यापक बहस भईरहेकाे छ। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15