प्रकृति–मानव केन्द्रित जन अभियानद्वारा पोखरामा ऐतिहासिक वृक्ष संरक्षण गर्न अपील

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, २ फागुन ०८१ – धार्मिक, साँस्कृतिक, आयुर्वेदिक तथा पर्यावरणीय महत्व बोकेका वर, पिपल, समी र आँप जस्ता वृक्षहरू अवैध रूपमा काटिन थालेपछि प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालले कडा आपत्ति जनाएको छ।
संस्थाका अध्यक्ष बिन्दु राज सापकोटाले सार्वजनिक अपिल जारी गर्दै पोखराको विभिन्न वडाहरू—६, १३, १४ र १५ मा निरन्तर रुपमा जैविक विविधताको विनाश गरिँदै आएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। विशेषगरी केही धार्मिक संस्थाको नाममा ऐतिहासिक महत्व बोकेका वृक्षहरू ठुन्क्याएर वातावरणीय सन्तुलन खल्बलाउने काम भइरहेको आरोप लगाइएको छ।
पोखरा धार्मिक, साँस्कृतिक, पर्यटकीय र आर्थिक हिसाबले महत्वपूर्ण शहर भएकाले यहाँका तालतलैया, मठमन्दिर, चौतारी तथा अन्य प्राकृतिक सम्पदाहरूको संरक्षण आवश्यक रहेको सापकोटाको भनाइ छ।
प्रकृति–मानव केन्द्रित जन अभियान, नेपाल द्वारा जारी गरिएको अपीलपत्र  :
"प्राकृतिक संपदा संरक्षणका लागि सार्वजनिक अपील !
“धार्मिक, साँस्कृतिक, आयुर्वेदिक, सामाजिक, पर्यावरणीय तथा ऐतिहासिक महत्व बोकेका वर, पिपल जस्ता वृक्षहरु काटिनबाट जोगाऔं, संरक्षणमा ऐक्यबद्धता जनाऔं” ।
मध्य नेपालको सुन्दर नगरी पोखरा धार्मिक, साँस्कृतिक, सामाजिक, ऐतिहासिक, पर्यटकिय र आर्थिक दृष्टिकोणले अतिनै महत्व बोकेको शहर हो । यहाँ दिनहुँ देश तथा बिदेशबाट सयौंको संख्यामा पर्यटकहरु यहाँका प्राकृतिक संपदाहरु तालतलैया, पाटीपौवा, चौतारी र मठमन्दिरहरुको दृश्यावलोकनका लागि आउने भएकोले आर्थिक दृष्टिकोणले पनि पोखराको जनजीवनमा सकारात्मक प्रभाव पारिरहेको छ । नेपाली संस्कृति वातावरण मैत्री हुँदा हुँदै पनि पुर्खौं देखि चलिआएको चौतारा चिन्ने, रुख रोप्ने, चौताराका छेउमा गाई, भैंसी, वन्यजन्तुका लागि पानी उपलब्ध गराउन पोखरी खनाउने र हिँड्दा हिँड्‌दै थाकेका बटुवा, स्थानीयका लागि चौताराको आडमा सार्वजनिक धारा निर्माण गर्ने चलन पछिल्लो समयमा हराउँदै गएका मात्र छैनन् बिगतका बर्षहरु देखिनै कहिले बाँदर भगाउने नाममा, कहिले धर्मको नाममा, कहिले सडक विस्तार गर्ने नाममा त कहिले चौताराको रुखमा बास बस्ने चराले फोहोर गर्यो भन्ने नाममा ऐतिहासिक धरोहर बोकेका वर, पिपल, समी, आँप लगायत रुखहरू कानुनी प्रक्रिया बिना नै जथाभावी काटेर पुराना संरचना मास्ने क्रम तीव्र हुँदै आएको छ ।
पछिल्लो समयमा कुनै एक धार्मिक संस्थाको नामबाट पोखरा महानगरपालिका वडा नम्बर ६, १३, १४ र १५ लगायतका वडाहरुमा निरन्तर जैव जगतलाई प्राणवायु प्रदान गर्ने, धार्मिक, साँस्कृतिक, आयुर्वेदिक, सामाजिक, पर्यावरणीय तथा ऐतिहासिक महत्व बोकेका वर, पिपल, समी र आँप जस्ता रुखहरु कहिल्यै नपलाउने गरी ठुन्क्याएर प्रकृति र मानव जगतलाई नै चुनौति दिने काम भएको प्रति हाम्रो यस प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालको ध्यान आकर्षण भएको छ । एकातिर सरकार प्रमुख नेपालमा वनजंगल बढी भयो यति आवश्यक पर्दैन भन्ने र अर्कातिर दिन दहाडै यसरी पर्यावरण र जैविक विविधता समेतमा असर पार्ने गरि जथाभाबी रुख कटान गर्ने कार्य संयोग मात्र होला भन्न सकिदैन । हाम्रो संस्थाको मुल मर्म नै जैविक विविधता लगायत प्राकृतिक श्रोत साधनको संरक्षण गर्ने भन्ने भएकोले सो कार्य जे जस्तो प्रयोजन र प्रकृयाबाट गरिएको भएता पनि यसबाट धार्मिक तथा पर्यावरणीय क्षति भएको निष्कर्ष निकाल्दै यो निन्दनीय कार्य प्रति घोर आपत्ति प्रकट गर्दछौं । पोखरा पर्यटनको राजधानी भएको र वातावरणीय प्रदुषण हुनबाट जोगाउन ऐतिहासिक महत्वका रुखहरुको संरक्षणको महत्वलाई प्राथमिकता दिदै यस प्रकारका जैव–सामजिक संकट निम्त्याउने गतिविधिहरु भविष्यमा हुन नदिनका लागि जोसुकै व्यक्ति वा संस्था भए पनि छिटो भन्दा छिटो कानुनी दायरामा ल्याई कडा कारवाही होस् भन्ने निष्कर्ष सहित सम्बन्धित सबै सरोकार पक्ष समक्ष अपिल गर्दछौं ।"

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
पोखरामा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘आँसु’ बाराही हलमा २० गते प्रदर्शन हुने
11-Baishakh-2082 6:27:08
बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्थाकाे अधिवेशन सम्पन्न : अध्यक्षमा के. सी सहितकाे नेतृत्व …
29-Chaitra-2081 9:38:45
"वातावरणीय संकट रोक्न सरकारले जीवनमैत्री व्यवस्था अपनाओस्"-प्रकृति–मानव केन्द्रित जनअभियानको आग्रह
29-Chaitra-2081 10:45:55
प्रकृति-मानव केन्द्रित जन अभियान नेपालको प्रथम पूर्ण बैठक सम्पन्न, महत्वपूर्ण निर्णयहरू पारित
21-Chaitra-2081 7:13:57
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48