बागलुङ २७ फागुन २०८१
धौलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा १ स्वतन्त्र उम्मेदवार र पहिलो पटक दुई महिला सभापति उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। नेपाल विद्यार्थी संघकी सृष्टि आचार्य र अखिल संयुक्त प्यानलकी आश्मिन शेखले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। स्वतन्त्र उम्मेदवारका रूपमा नेविसंघका पूर्व नेता दिपक सुवेदी पनि मैदानमा छन्।
यसपटक नेविसंघ एकल प्यानलसहित प्रतिस्पर्धामा रहेको छ भने अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौं र राप्रपा विद्यार्थी संघले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन्। कांग्रेसले आचार्यलाई टिकट दिएपछि असन्तुष्ट भएका सुवेदी स्वतन्त्र रूपमा चुनाव लड्न अघि सरेका हुन्।
विवाद र तालाबन्दीका बीच सम्पन्न उम्मेदवारी दर्तापछि महिलाहरूको नेतृत्वमा भएको यो ऐतिहासिक प्रतिस्पर्धा क्याम्पसमा चासोको विषय बनेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।