आज पोखरामा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठी हुँदै।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पोखरा, २७ भदौ २०८३।
पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्र (PFC) को आयोजनामा आज पोखरामा ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठी आयोजना हुँदैछ।
वर्तमान राजनीतिक परिस्थिति, वामपन्थी आन्दोलनको अवस्था, वामपन्थी दलहरूबीचको सहकार्य तथा आगामी राजनीतिक कार्यदिशाबारे विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
विचार गोष्ठीमा पूर्वमन्त्री सुरेन्द्र प्रसाद पाण्डे प्रमुख वक्ताका रूपमा सहभागी हुने भएका छन्। त्यसैगरी खगराज अधिकारी , देवेन्द्र पौडेल, शंकर बराल, केशरबहादुर परियार, सावित्रा दुरा  , श्रीनाथ बराल , रामराज रेग्मी,  महेन्द्रश्वर काेईराला लगायतका वक्ताहरूको सहभागिता रहने पुष्पलाल मित्रता केन्द्रका केन्द्रीय अध्यक्ष जगन्नाथ खतिवडाले बताएका छन्।
खतिवडाका अनुसार बदलिँदो राजनीतिक परिवेशमा वामपन्थी शक्तिहरूको भूमिका, चुनौती, सम्भावना र आगामी कार्यदिशाबारे कार्यक्रममा गम्भीर छलफल तथा विचार आदानप्रदान गरिनेछ।
कार्यक्रम आज बिहान ११ः३० बजे साईमन पार्टी प्यालेस, सृजनाचोक, पोखरामा आयोजना हुँदैछ। कार्यक्रममा विभिन्न वामपन्थी दलका नेता, राजनीतिकर्मी, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
पुष्पलाल श्रेष्ठको योगदानलाई स्मरण गर्दै समसामयिक राजनीतिक विषयमा बहस र अन्तरक्रियाको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।