दलित युवा सञ्जाल बागलुङको दोस्रो अधिवेशन सम्पन्न, नयाँ जिल्ला कार्यसमिति चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ, १७ साउन,०८२
दलित युवाहरूको सशक्तिकरण, नेतृत्व विकास र सामाजिक न्यायको लक्ष्यसहित अगाडि बढिरहेको दलित युवा सञ्जाल, बागलुङको दोस्रो जिल्ला अधिवेशन शनिबार ब्राउन आइज पार्टी प्यालेस, बागलुङमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय गोविन्द नेपाली हुनुहुन्थ्यो भने अधिवेशनको अध्यक्षता श्री रमेश बोसेलले गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन श्री अनिस खातीले गर्नु भएको थियो।
अधिवेशन अन्तर्गत भएको निर्वाचन प्रक्रिया श्री धन बहादुर परियारको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन मण्डलले सम्पन्न गरेको थियो।

कार्यक्रममा दलित युवाहरूको हक, अधिकार र पहिचानमाथि विचार विमर्श गरिनुका साथै संगठनको विगत, वर्तमान र आगामी योजना प्रस्तुत गरिएकाे थियोे।

अधिवेशनले २३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ, जसको अध्यक्षमा श्री राहुल बोहोरालाई चयन गरेको छ।

नयाँ जिल्ला कार्यसमिति यस प्रकार छ:
अध्यक्ष – श्री राहुल बोहोरा
वरिष्ठ उपाध्यक्ष – श्री रमेश बोसेल
उपाध्यक्षहरू –
• श्री शकुन्तला थापा बोसेल
• श्री गीता थापा किसान
• श्री हर्क बहादुर विक
महिला उपाध्यक्ष – श्री प्रिया किसान
महासचिव – श्री हरि रुचाल
सचिव – श्री नगेन्द्र बोहरा
सह–सचिव – श्री कविन्द्र बोहोरा
कोषाध्यक्ष – श्री शान्ती नेपाली
सह–कोषाध्यक्ष – श्री भुवन बोहोरा
सदस्यहरू:

श्री दिपक खेतिवाल, श्री केशव हरिजन, श्री राजु विक, श्री रमेशलाल मिजार, श्री राजेश किसान, श्री चन्द्र दर्जी, श्री अमृत परियार, श्री गणेश बहादुर विक, श्री दिपक सार्की, श्री प्रकाश किसान, श्री प्रदिप नेपाली, श्री ग्याम बहादुर किसान, श्री विक्रम परियार, श्री हेम बोहारा, श्री देवी किसान, श्री रमेश परियार, श्री राजेन्द्र बोहोरा, श्री शिव किसान, श्री ईन्द्र विक, र श्री रत्न सार्की।

कार्यक्रममा जिल्लाका सामाजिक अभियन्ता, युवा अगुवा, राजनीतिकर्मी, सञ्चारकर्मी तथा दलित समुदायका दर्जनौं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अधिवेशनले समावेशी लोकतन्त्र, सामाजिक समानता र युवाको नेतृत्व विकासका लागि संगठनले अझ दृढतापूर्वक काम गर्ने प्रतिबद्धता सहित नवगठित समितिले समुदायमा नेतृत्व उत्पादन, सीपमूलक तालिम, जनचेतना अभिवृद्धि, र नीति निर्माण तहसम्म दलित युवाको प्रभावकारी उपस्थिति सुनिश्चित गर्न विविध कार्यक्रमहरू अगाडि बढाउने महासचिवमा नवनिर्वाचित  हरि रुचालले जानकारी दिनुभयाे।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।