हामी नेपाली ग्लोबल, बागलुङ सव-च्याप्टरको अध्यक्षमा ज्ञानु आचार्य निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाेखरा , १७ भदौ २०८२ ।
विश्वभरका नेपालीलाई एकै सूत्रमा बाँध्ने अभियानका साथ स्थापित हामी नेपाली ग्लोबल ले बागलुङमा आफ्नो सव-च्याप्टर गठन गरी सामाजिक अभियन्ता तथा प्रशिक्षक ज्ञानु आचार्यलाई अध्यक्षमा नियुक्त गरेको छ। सेप्टेम्बर २, २०२५ देखि लागू हुने गरी प्रदान गरिएको नियुक्तिपत्रमा केन्द्रीय अध्यक्ष अमृत लामाले नव–अध्यक्षलाई बधाई दिँदै संस्थाको नीति, उद्देश्य र अभियानलाई बागलुङमा प्रभावकारी ढंगले अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।
सन् २०१८ मा स्थापना भएको “हामी नेपाली ग्लोबल” आज विश्वका ३४ भन्दा बढी मुलुकमा च्याप्टर स्थापना गरेर सक्रिय छ। धर्म, जाति, वर्ग र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीलाई एउटै अभियानमा जोड्ने यस संस्थाले नेपाली समाजलाई विश्वसामु चिनाउने मात्र नभई कठिनाइमा परेका नेपालीलाई सहयोग पुर्याउने, कानुनी परामर्श उपलब्ध गराउने, सीप र ज्ञानलाई नेपालको हितमा उपयोग गर्ने र नेपाली कला–संस्कृति तथा पर्यटनलाई प्रवर्द्धन गर्ने कार्यमा निरन्तर लागिरहेको छ।
संस्थाले हालसम्म कैयौं महत्वपूर्ण गतिविधिहरू सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न उद्घाटन तथा ट्रस्टी सम्मेलन २०२४ ले संस्थालाई औपचारिक संरचना प्रदान गरेको थियो। त्यस्तै, सन् २०२५ मा न्यूयोर्कमा भव्य समारोहका बीच आयोजित Hero Award मार्फत नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको थियो। लामो समयसम्मको लोडसेडिङ अन्त्य गरी नेपाललाई ऊर्जामैत्री मुलुक बनाउन योगदान पुर्‍याएको भन्दै उहाँलाई यो अवार्ड प्रदान गरिएको हो। त्यस्तै, सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही पनि सो अवसरमा सम्मानित भएका थिए। यसै समारोहमा “Adhikaar Foundation” लाई “Best Organization Award” दिइएको थियो।

यसका साथै, संस्थाले Legal and Advocacy Society (LORAS) सँग सम्झौता गरेर ४१ मुलुकमा नेपालीलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। सेशेल्समा सम्पन्न वार्षिक साधारण सभा र दक्षिण कोरियामा सम्पन्न अधिवेशनले संस्थागत विस्तारलाई थप सबल बनाएको छ। यस्तै, अन्तर्राष्ट्रिय सम्मेलन र शान्ति पदयात्रामार्फत नेपाली समुदायबीच विश्वमै शान्ति, सद्भाव र एकताको सन्देश फैलाउन संस्थाले पहल गरेको छ।

आचार्यकाे शैक्षिक यात्रा डिप्लोमा तहकाे पशु विज्ञान, स्नातक कृषि , स्नातकोत्तर समाजशास्त्र र हाल कानुन दाेश्राे बर्षकाे बिधार्थी हुनुहुन्छ । साथै , आचार्य जागाैं नेपाल मिडियाको संचालक तथा सम्पादक, प्रकृति मानव केन्द्रित जनअभियान नेपालकाे केन्द्रीय सदस्य , सेव आवर हिमालय फस्ट नेपालकाे कार्यकारिणी सदस्य , साहसी बालक कमल नेपाली अध्ययन प्रतिष्ठानकाे सहसचिव, मुक्त फाउन्डेसनकाे सचिव , डा डिबी सिंह स्मृति फाउन्डेसन जस्ता  संस्थाहरुमा पनि सकृय रुपमा आवद्ध  हुनुहुन्छ। 

#gyanuacharya

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।