कास्कीमा एकनाले भरुवा बन्दुक सहित २ जना मानिस पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाेखरा , मंसिर २६ ।

जिल्ला प्रहरी कास्कीले  एकनाले भरुवा बन्दुक सहित २ जना मानिस पक्राउ गरेकोे छ। 
मिति २०८१।०८।२४ गते अं.२३:३० बजेको समयमा जिल्ला कास्की मादी गाँउपालिका वडा नं. ७ मेलबोट लिचु भन्ने जंगल नजिकै रहेको गाईगोठमा भरुवा बन्दुक चेकजाँच गर्ने क्रममा एक्कासी पड्किन जाँदा ऐ.ऐ. बस्ने बिनोद सुनार घाईते भई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको भन्ने सूचना प्राप्त हुन साथ वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी टोली खटिई गई सोधपुछ गर्दा उक्त बन्दुक ऐ.ऐ. बस्ने साईला भन्ने कुल प्रसाद वि.क. र सुमन तामाङले राखेको भन्ने खुल्न आएको हुँदा सो स्थानमा गई खोजतलास गर्दा कुल प्रसाद वि.क.को गाईगोठ भन्दा अं.१५० मिटर तल लिचु जंगलमा रातो कपडाले बेरेर लुकाई छिपाई राखेको अवस्थामा २ फिट २.५ ईन्च लामो १ नाले भरुवा बन्दुक फेलापारी बरामद गरिएको र सो हातहतियारको ईजाजतपत्र कागजात नभएको हुँदा जिल्ला कास्की मादी गाँउपालिका वडा नं. ७ मेलवोट बस्ने वर्ष ३२ को साईला भन्ने कुल प्रसाद वि.क. र ऐ.ऐ. पानीघाट बस्ने वर्ष २२ को सुमन तामाङलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा दिन छ (६) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कुरा जिल्ला प्रहरी कास्कीले प्रेस विज्ञप्ति मार्फत् जानकारी दिएकाे छ। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15