पोखरा, ५ फागुन २०८१ – पोखरा महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयअन्तर्गत आर्थिक विकास महाशाखा, व्यवसाय प्रवर्द्धन केन्द्रले स्थानीय उत्पादन प्रवर्द्धन तथा प्रोत्साहन (‘मेक इन पोखरा, मेड इन पोखरा’ ब्राण्डिङ्ग) कार्यक्रमका लागि इच्छुक व्यवसायी तथा संस्थाहरूसँग आवेदन माग गरेको छ।
व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले भने " महानगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत ५०% लागत साझेदारी कार्यक्रम मार्फत स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको हो। इच्छुक फर्म, कम्पनी, सहकारी, सञ्जाल तथा संघसंस्थाहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । उक्त कार्यक्रमकाे कुल बजेट: रु. १ करोड (१०,००,०००/-) रहेकोमा लागत साझेदारी ५०% महानगरपालिका र ५०% आवेदकको हुनेछ । प्राथमिकतामा स्थानीय कच्चा पदार्थमा आधारित उत्पादन तथा उत्पादकत्व वृद्धिलाई जोड गर्न उत्पादनमूलक वस्तु, सेवा, उद्योग, लघु घरेलु उद्यम व्यवसायकाे बजारमुखी योजना, उत्पादन विक्री तथा वितरण गरी आय आर्जन गर्न सक्ने परियोजना हुनुपर्ने छ।
आवेदनकाे लागि आवश्यक कागजातहरूमा व्यवसाय दर्ता, प्यान, कर चुक्ता, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, पोखरा महानगरपालिकामा व्यवसाय दर्ता वा सूचीकरण प्रमाणपत्र, सम्बन्धित वडा कार्यालयको सिफारिस, व्यवसायिक कार्ययोजना (हालको अवस्था, अनुमानित उत्पादन, लागत साझेदारी विवरण), आवेदन दिगो विकास लक्ष्य (SDG Goals) अनुरूप तयार पारिएको हुनुपर्नेछ।
थप जानकारीकाे लागि सूचना अधिकारीकाे फाेन नम्बर ९८५६०७००३७ , कार्यालय ठेगाना: व्यवसाय प्रवर्द्धन केन्द्र, पोखरा सभागृह, कास्की फोन: ०६१-५९११०८ इमेल: bpc.pokharametro@gmail.com रहेकोे छ।
महानगरपालिकाले ‘मेक इन पोखरा, मेड इन पोखरा’ अभियानलाई अघि बढाउँदै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न चाहने व्यवसायी तथा संस्थाहरूलाई यस अवसरको सदुपयोग गर्न आह्वान गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।