पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय दिवस अभियानका सहभागीलाई सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, २०८१ असोज ५ गते 

‘Save Our Himalaya First, Nepal’ संस्थाले आज पोखरामा आयोजित एक विशेष कार्यक्रममा हालै सम्पन्न अन्तर्राष्ट्रिय पर्वतीय दिवस-२०२४ को अवसरमा आयोजित माछापुच्छ्रे-२, खारपानीदेखी भारतको राजधानी दिल्लीसम्मको ७ दिवसीय अभियानमा सहभागीहरुलाई सम्मान गरेको छ।
कार्यक्रमका अध्यक्ष डिबी नेपाली रहेका यस कार्यक्रमको सञ्चालन संस्थाका सचिव बुद्धि बहादुर मिजारले गरेका थिए।
बैठकमा बोल्दै अध्यक्ष नेपालीले उक्त अभियानले हिमाल संरक्षणको सन्देशलाई प्रभावकारी ढंगले प्रसार गर्न सफल भएको बताए। उनले अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता खालका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
बैठकमा बावु जगजीवन राम कला, संस्कृति र सहित्य एकाडेमीद्वारा प्रदान गरिएको मेडल उमा रोकाहा र सरस्वती परियारलाई समेत प्रदान गरिएको थियो।
बैठकमा विभिन्न प्रस्तावहरूमा छलफल गरिएको थियो। जसमा २२औं अन्तर्राष्ट्रिय पर्वतीय दिवस माछापुच्छ्रे २ देखी दिल्लीसम्मको समिक्षा, दिल्लीको टिममा सहभागीहरुलाई धन्यवाद ज्ञापन, संस्थाको तर्फबाट विभिन्न निकायमा ज्ञापन पत्र बुझाउने सन्दर्भमा छलफल लगायतका विषयहरु समावेश थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15