कपिलबस्तु, २०८१ फाल्गुन ५ – प्रकृति-मानव केन्द्रित जन अभियान नेपालको प्रथम कपिलबस्तु जिल्ला भेला बुध्दभूमि नगरपालिका–४, हनुमान चोकमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त भेलाले बाबुराम सापकोटाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ।
भेला प्रदेश समिति अध्यक्ष नेत्रराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन केन्द्रीय सदस्य मिनराज बेलबासेले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा केन्द्रीय अध्यक्ष बिन्दुराज सापकोटा उपस्थित रहेका थिए। साथै, पूर्व केन्द्रीय अध्यक्षद्वय उत्तम कडेल र सन्त बहादुर घिसिङ, उपाध्यक्ष टेकराज पौडेल, महासचिव घनश्याम सुवेदी, सचिव डा. माया गीरी, केन्द्रीय सदस्य हेमराज सुवेदी, माला गोतामे, प्रदेश सदस्य रामप्रसाद अर्याल, नारायण मरासिनी, र कमल खनाल पनि विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
भेलाले सर्वसम्मत रूपमा चयन गरेको १५ सदस्यीय जिल्ला कार्य समितिकाे अध्यक्षमा बाबुराम सापकोटामा उपाध्यक्षमा रबिलाल घिमिरे, सचिवमा गङ्गेशनाथ तिवारी, सहसचिवमा नारायण मल्ल , कोषाध्यक्षमा जेतप्रसाद खनाल, सदस्यहरूमा ताराजन घिमिरे, कमल अर्याल, कृष्ण प्रसाद भण्डारी, अनन्त बेलबासे, अब्दुल गफ्फार, सरोज चौधरी, बाबुराम खनाल, डासिराम बन्जाडे, निमानन्द आचार्य, र रेशम गिरी सहितको समिति चयन भएको छ।
नवनिर्वाचित समितिले अभियानका सिद्धान्तलाई आत्मसात गर्दै जिल्लाभर संगठनलाई बलियो बनाउने प्रतिबद्धता जनाएको छ। कार्यक्रमलाई सफल बनाउन विभिन्न तहका नेताहरूको महत्वपूर्ण भूमिका रहेको थियो।
कार्यक्रमका दौरान वक्ताहरूले प्राकृतिक सम्पदाको संरक्षण, मानव र वातावरणको सन्तुलन, तथा स्थानीयस्तरमा जनचेतना अभिवृद्धि जस्ता विषयमा जोड दिएका थिए। अभियानका सदस्यहरूले अब आउने दिनमा सामाजिक रूपान्तरण, पर्यावरणीय स्थिरता, र समुदायिक सहभागिता सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवगठित समितिले अब कपिलबस्तु जिल्लाभर पर्यावरण संरक्षण, सामुदायिक सशक्तीकरण, र दिगो विकासका परियोजनाहरू सञ्चालन गर्ने योजना बनाएको छ। साथै, संगठनको संरचना विस्तार गर्दै समाजका विविध क्षेत्रमा सचेतना अभिवृद्धि गर्ने अभियान अघि बढाउने लक्ष्य लिएकाे छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।