पोखरा,
२० पुस,२०८१
प्रकृति, पर्यावरण, र मानवताको संरक्षणलाई प्राथमिकतामा राख्दै प्रकृति-मानव केन्द्रित जन अभियान, नेपाल को छैठौं राष्ट्रिय सम्मेलन पुस १९ र २० गते पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनमा देशभरबाट आएका दुई सयभन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाउँदै वातावरणीय संकट समाधानका लागि नयाँ नेतृत्व चयन र दीर्घकालीन रणनीति निर्माण गरेका छन्।
सम्मेलनले सर्वसम्मतिबाट श्री बिन्दुराज सापकोटाकाे नेतृत्वमा ९१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। जसमध्ये १४ जना पदाधिकारीहरू सहित ३३ जनाकाे सचिवालय निर्वाचित गरेकोे छ। नवनिर्वाचित पधाधिकारीहरु अध्यक्षमा श्री बिन्दुराज सापकोटा वरिष्ठ उपाध्यक्षमा श्री राजन के.सी., उपाध्यक्षहरूमा श्री भुवनेश्व र मण्डल,श्री नरबहादुर भण्डारी, श्री मायाँ के.सी.,श्री शिवराज आचार्य, श्री टेकराज पौडेल, श्री आमोश चौधरी , महासचिवमा श्री घनश्याम सुवेदी, सचिवहरूमा श्री डा. माया गिरी, श्री भिमा देवी खनाल, श्री पूर्ण बहादुर के.सी.र कोषाध्यक्ष: श्री डोलराज अर्याल रहेका छन् ।
सम्मेलनले वातावरणीय संकट, जलवायु परिवर्तन, र मानवीय चुनौतीहरूको समाधानका लागि पोखरा घोषणापत्र २०८१ जारी गर्ने निर्णय गरेको छ। घोषणापत्रले वातावरणीय संरक्षण, दिगो विकास, र मानव-प्रकृति सहअस्तित्वका लागि मार्गनिर्देशन गर्ने अपेक्षा रहेको छ। देशका विभिन्न जिल्लाबाट २०० भन्दा बढी प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियोे । राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथि संविधानसभा सदस्य हेमराज भण्डारी र भारतीय अतिथि आर.के. मेघालय, सज्जन कुमार , धनकुटा नगरपालिका उपप्रमुख भिमा देवी खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सम्मेलनकाे अध्यक्षता कृष्णप्रसाद गाैतम , बरिस्ठ उपाध्यक्ष बिन्दुप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
सम्मेलनले मानवता र प्रकृतिको सहअस्तित्व सुनिश्चित गर्न सामूहिक प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। आयोजक समितिले सम्मेलन सफल बनाउन सहयोग गर्ने सबै प्रतिनिधि, अतिथि, र शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।