प्रकृति-मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन पाेखरामा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ज्ञानु आचार्य,

पाेखरा , १८ पाैष । 

पर्यावरण, र मानवता संरक्षणमा केन्द्रित प्रकृति-मानव केन्द्रित जन अभियान, नेपाल को छैठौं राष्ट्रिय सम्मेलन भोलि पुस १९ गते देखि २० गतेसम्म  पाेखरामा सुरु हुने भएको छ।
पोखरा महानगरपालिका, नदीपुरस्थित थकाली समाज घर मा आयोजना हुने यस सम्मेलनले वातावरणीय संरक्षण, दिगो विकास, र मानव जीवनका समकालीन चुनौतीहरूको समाधानका लागि नयाँ रणनीति तय गर्ने भएको छ। 

सम्मेलनमा नेपालभरबाट करिब दुई सय प्रतिनिधिहरू सहभागी हुनेछन्।
पूर्व अध्यक्ष सन्तबहादुर घिसिङले सम्मेलनले अभियानका विषयगत एजेन्डाहरूमा छलफल गर्दै नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण कार्यसूची पनि अघि बढाउने जानकारी दिनुभयो।

यो सम्मेलनले आजको समयमा मानव र प्रकृतिका लागि साझा चुनौतीहरूको समाधान खोज्न तथा नयाँ वैकल्पिक सामाजिक व्यवस्थाको आधार खडा गर्न वातावरणीय संकटजलवायु परिवर्तनको सामना गर्ने उपायहरू, जैविक विविधताको संरक्षणदिगो विकासका रणनीति, मानवताको दीर्घकालीन कल्याणका लागि वैकल्पिक सामाजिक नीति निर्माण, प्रकृति-मानव हितैषी समाज निर्माणका लागि सामूहिक संकल्प केन्द्रित बहस गर्ने लक्ष्य रहने छ। 

सम्मेलनमा बिशेष गरि  वातावरणीयमानव संकटबारे विशेषज्ञहरूको विशेष प्रस्तुति, समूह छलफल, नयाँ रणनीति निर्माण, र भावी कार्ययोजना तथा अभियानलाई अगाडि बढाउन नयाँ नेतृत्व चयन हुनेछ। 

सन् २००२ मा स्थापना भएको प्रकृति-मानव केन्द्रित जन अभियान ले विगत २२ वर्षमा नेपाल र सार्कस्तरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै वातावरणीय चेतनाको जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। नेपालमा यसअघि पाँच वटा राष्ट्रिय सम्मेलनहरू सम्पन्न गरिसकेको यो अभियानले छैठौं सम्मेलनमार्फत भविष्यका लागि थप प्रभावकारी योजना ल्याउने लक्ष्य राखेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15