पोखरा, असोज १० , २०८२
विश्व वातावरण दिवस–२०२५ को अवसरमा रुपा गाउँपालिका–५ जामुनकुना क्षेत्रमा गरिएको वृक्षारोपण कार्यक्रम अन्तर्गत आज गोडमेल, सरसफाई र अनुगमन कार्य सम्पन्न भएको छ ।
कार्यक्रम Save Our Himalaya First, Nepal को आयोजनामा, रुपा गाउँपालिकाको सहकार्य तथा पोखरा बहुमुखी क्याम्पस मातहतको पोखरा नेचर क्लब का विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो ।
यस अवसरमा संस्थाकाे अध्यक्ष डिबि नेपाली , महासचिव स्मिता अधिकारी, कोषाध्यक्ष अर्जुन कुमार सुनाम, सदस्य ज्ञानु आचार्य, प्रकृति प्रेमी भिम नेपाली, निराजन घमाल, रोहित नेपाली, इन्सेक गण्डकी कार्यालयकाे प्रतिनिधी मंगिता नेपाली, पोखरा नेचर क्लबका अध्यक्ष गणेश रामदामसहित विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अध्यक्षले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “वातावरण संरक्षण केवल औपचारिकताको विषय होइन, हाम्रो अस्तित्वसँग जोडिएको जीवनशैली हो । स्थानीय तह, विद्यार्थी र समाजका सबै क्षेत्रको सहकार्यले मात्र यसलाई निरन्तरता दिन सकिन्छ ।”
आयोजक संस्थाले आगामी दिनमा अझ व्यापक सहकार्यमार्फत वातावरण संरक्षण अभियानलाई निरन्तरता दिने जनाएको छ ।
#saveourhimalyafirstnepal
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।