फेवाताल किनारमा कोटीहोम रोक्न:आज उच्च अदालत पाेखरामा रिट दर्ता
पोखरा, २ फागुन २०८१।
फेवातालको ६५ मिटरको संरक्षित सिमसार क्षेत्रमा कोटीहोम आयोजना गर्न निषेध गरिपाऊँ र बर-पिपलका चौतारीका रुख कटान गर्ने विरुद्ध कानुनी कारबाही गरिपाऊँ भनी उच्च अदालत पोखरामा सार्वजनिक सरोकारको मुद्दा आज (PIL) दर्ता भएको छ। अधिवक्ता भगवती पहारी, मिनाकुमारी रानाभाट र गीता आचार्यले दायर गरेको रिटमा पर्यावरणीय संरक्षण, जैविक विविधताको रक्षा …