१८५ वर्षअघि नेपालबाट लगिएको बिरुवाले बेलायत आजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

‘वाइल्डलाइफ एन्ड कन्ट्रिसाइड एक्ट १९८१’ ले बेलायतमा हिमालयन बल्सम रोप्न वा जंगलमा हुर्काउन निषेध गरेको छ । बेलायतको हर्ट्स एन्ड मिडलसेक्स वाइल्डलाइफ ट्रस्टले हिमालय क्षेत्रमा पाइने ‘प्याथोलजिकल रस्ट फङ्गस’ प्रयोग गरी यसको वृद्धि रोक्न प्रयास गर्ने जनाएको छ ।

रोयल बोटानिकल गार्डेन, एडिनबरामा कार्यरत बायोडाइभर्सिटी वैज्ञानिक भाष्कर अधिकारीका अनुसार हिमालयन बल्सम सन् १८३९ तिर बेलायती नागरिकले सजावटका लागि नेपालबाट भित्र्याएका हुन् । यो वनस्पति मेदेखि नोभेम्बरसम्म फुल्छ र यसको फल फुटेर जताततै फैलने गर्छ । ‘यसले रैथाने जैविक विविधतालाई जोखिममा पारेपछि बेलायतले प्रतिबन्ध लगाएको छ,’ सन् २००६ देखि रोयल बोटानिकल गार्डेनमा कार्यरत अधिकारीले भने ।

नेपालमा भेटिने यस्ता धेरैजसो मिचाहा वनस्पति दक्षिण अमेरिकाबाट आएको अधिकारी बताउँछन् । नेपालमा बाह्य मिचाहा प्रजातिहरुको फैलावट प्रमुख वातावरणीय समस्या बनेको उनले जनाए । ‘यसका कारण रैथाने र निश्चित भौगोलिक क्षेत्रमा मात्र पाइने प्रजाति लोप भएका उदाहरणसमेत छन्,’ उनले थपे ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15