दाङ महिला जेसीजको १६औं स्थापना दिवस विशेष कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दाङ, पाैष ५ । 

दाङ महिला जेसीजले आफ्नो १६औं स्थापना दिवस विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। सामुदायिक सेवा र महिला सशक्तीकरणका लागि समर्पित यस संस्थाले कार्यक्रममार्फत समाजसेवाको नयाँ उदाहरण प्रस्तुत गरेको छ।

कार्यक्रमको अध्यक्षता महिला जेसीजका कार्यवाहक अध्यक्ष अनिता ढकालले गर्नुभएकाे थियोे । प्रमुख अतिथिको रूपमा जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष श्री भुपाल गिरीज्यू उपस्थितले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। कार्यक्रम सञ्चालन संगिता गिरीले , स्वागत मन्तव्य गिता डांगीले गर्नुभएकाे थियाे  भने  धन्यवाद मन्तव्य जनसम्पर्क अधिकारी वसन्ता भण्डारीले व्यक्त गर्नुभएकाे थियोे । पुर्व अध्यक्ष जेसि जिबा भुषालले दाङ महिला जेसिजले आयाेजना गरेकोे  कार्यक्रममा  शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

स्थापना दिवसको अवसरमा महिला जेसीजले जेष्ठ नागरिक तथा निम्न आय भएका परिवारहरूलाई दैनिक उपभोग्य सामग्री जस्तै चामल, हरपिक, साबुन, आलु तरकारी, चियापत्ती, नून, चिनी र अन्य सामग्री वितरण गरेकाे छ। 

कार्यक्रममा जेष्ठ नागरिक सेवा केन्द्रका सचिव तिलकले महिला जेसीजले समाजमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गर्नुभएकाे थियोे ।  शुभकामना मन्तव्य राख्दै उहाँले महिला नेतृत्व र सामुदायिक सेवाको महत्वलाई उजागर गर्नुभएकाे थियोे ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष अनिता ढकालले महिला सशक्तीकरण र सामुदायिक सेवामा संस्थाको भूमिकालाई अझ सशक्त बनाउन आगामी दिनमा अझ प्रभावकारी योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ। संस्थापक अध्यक्ष  जेसी निर्मला गाैतम, पुर्व अध्यक्षहरु जेसि बिना विसी , जेसी  माया पाेखरेल, जेसी विन्दु गिरी, जेसी सन्चिता गौतम , जेसी निरजा पोखरेल, जेसी रेखा शर्मा,  जोसी जीवा भुषाल,जेसी ममता विष्ट , जेसी  सारदा घर्ति ,  निवर्तमान अध्यक्ष जेसी नारायणी भण्डारी र जनसम्पर्क अधिकारी जेसी  वसन्ता भण्डारी , कोषाध्यक्ष दिलु मल्ल  अध्यक्ष सल्लाहकार जेसीसी अनिता ढकाल , तालिम निर्देशक भिमा डिसी, सदस्य संगिता गिरी ,सदस्य प्रज्ञा स्वर्णकार , सदस्य माया चौधरी,  सदस्य जेसी गिता डॉगी, कानुनी सल्लाहकार जेसी सुनिता थापा ,अध्यक्ष निर्मला गौतम, पुर्वअध्यक्षहरू र कार्यसमितिका सदस्यहरूको सहयोग रहेकोे  थियो।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने दाताहरू, स्वयंसेवकहरू, र उपस्थित सम्पूर्ण व्यक्तिहरूप्रति दाङ महिला जेसीजले विशेष धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15