मंसिर २२ शनिबार
तातोपानी, माछापुच्छ्रे-२, सार्दीखोला, कास्की
२२औं अन्तराष्ट्रिय पर्वतीय दिवस-२०२४ का सन्दर्भमा वि.सं. २०६९ वैशाख २३ गते सेती नदीमा आएको बेमौषमी बाढी (Flash Flood) का पीडित स्थानीय वासिन्दाहरुसंग सेभ आवर हिमालय फस्ट, नेपालका प्रतिनिधिहरुले अन्तरकृया कार्यक्रम सम्पन्न गरेका छन् । COP29 मा अजरवैजानको राजधानी बाकुमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले विश्व समुदायलाई सम्वोधन गर्दै दिएको सन्देशलाई समुन्द्री देशमा सन्देश प्रवाह गर्ने गरी २२औं अन्तराष्ट्रिय पर्वतीय दिवस-२०२४ का सन्दर्भमा सेभ आवर हिमालय फस्ट, नेपालले सेती नदी बेमौषमी बाढी (Flash Flood) प्रभावित कास्की जिल्ला माछापुच्छ्रे २, खारपानीदेखी भारतको राजधानी दिल्लीसम्मको सप्ताहव्यापी कार्यक्रम तय गरेको छ ।
कास्की जिल्ला माछापुच्छ्रे २, खारपानी क्षेत्र जहाँ व्यापक जनधनको क्षती पुगेको स्थानमा पीडित परिवारका सदस्य, एक्यापका प्रतिनिधि धनु गुरुङ्ग, संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिं गुरुङ्ग सचिव मन बहादुर बि.क., मिजार समाज नेपालका प्रतिनिधि उमेश सि.के.,शालिकराम नेपाली स्थानीय सयपत्री युवा क्लव, तातोपानी कुण्ड संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष भीम बहादुर गुरुङ्ग, स्थानीय हाइड्रोपावर कम्पनीका प्रतिनिधि बम बहादुर गुरुङ्ग , समाज तथा राजनीतिक पार्टीका प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्र.अ.तथा शिक्षकहरु, टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सेभ आवर हिमालय फस्ट, नेपालका अध्यक्ष डि.बि. नेपालीले जलवायु उत्पन्न प्रकोपको कारण अपुरणीय क्षति बेहोरेको यस क्षेत्र र यहाँको समाजप्रति सद्भाव राख्दै मृतकहरुमा स्रद्धासुमन व्यक्त गर्नु भयो । जलवायु सन्तुलनमा नेपालको व्यापक योगदान रहेको भए पनि छिमेकी देशहरुले विकासको नाममा उत्सर्जन गरेको कार्वनडाई अक्साइड लगायतका हानिकारक ग्यांसको उत्सर्जनका कारण वायु प्रदुषणसंगै वृद्धि हुंदै गएको तापामानका कारण हिमालयको हिउँ तिव्रगतिमा पग्लिन गएको र जैविक विविधतामा नकारात्मक प्रभाव परेको छ । बाढीमा मृतक र वेपत्ता गरी ५८ जना यस घटनामा परेको तथ्य सार्वजनिक भएको थियो । यो घटना लगायत यस्तै प्रकारका प्रकोपलाई न्युनिकरण गर्नका लागि पैरवी र जनचेतना फैलाउने काम गरेको छ । स्थानीय तह, प्रदेश, संघ र अन्य निकायसंग यस घटनाका पीडितको पक्षमा काम गर्ने योजना रहेको बताउनु भयो । हिमालय र पर्वतीय क्षेत्र जलवायु उत्पन्न व्यापक हानि तथा नोक्सानी पुगेको क्षेत्र हो । यो विषयमा सवै निकाय गम्भीर हुन जरुरू छ भन्नेमा वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रम सेभ आवर हिमालय फस्ट नेपालका अध्यक्ष डि.बि. नेपालीज्यूको अध्यक्षतामा भएको थियो भने सन्चालन संस्थाका सचिव बुद्धि बहादुर मिजारले गर्नु भएको थियो।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।