माघे संक्रान्ति मेला तथा जैमिनी कप -२०८१ भव्य रुपमा गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुजन आचार्य 

जैमिनी  बागलुङ  / मंसिर २८ 


साहारा क्लब कुस्मिसेराका अध्यक्ष श्री सुरेश सुनारको अध्यक्षतामा बसेको बैठकले यहि पौष २७ गते बाट माघ गते सम्म  माघे संक्रान्ती मेला तथा जैमिनी कप -२०८१ हुने निर्णय गरेकोे छ। 

कार्यक्रममा प्रमुख अतिथि जैमिनी न.पा. १ का वार्ड अध्यक्ष ,सामाजिक बिकास समितिका अध्यक्ष बिष्णु प्रसाद आचार्य,जैमिनी भलिबल  नगर समितिका अध्यक्ष ओमकार थापा भलिबल प्रतियोगिता  संयोजक मिलन थापा,सह-संयोजक दिलिप थापा दाउत खान,नृत्य प्रतियोगिता संयोजक मैनुदिन मिया विविध प्रतियोगिता संयोजक देबन कुमार थापा संचारकर्मी सुरेश परियार सहित क्लबका सम्पुर्ण पदाधिकारीहरुको बैठक बसेको थियो । 

कार्यक्रममा वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता , खुल्ला एकल  नृत्य प्रतियोगितामैत्रीपुर्ण खेलकुद  प्रतियोगिता, झाकी भजन, सालैजो ,सोरठी प्रदर्शनी कृषि उपज तथा पशु प्रदर्शनी लगायत विभिन्न कार्यक्रम रहने भएको  छ ।

भलिबल प्रथम पुरस्कारकाे लागि एक लाख पन्ध्र  हजार पाँच सय पचपन्न रुपैयाँ  जैमिनी वार्ड कार्यलयले प्रायोजन गर्ने गरि माघे सक्रान्ती मेला तथा जैमिनी कप 2081 को मुख्य सहयोगी जैमिनी नगरपालिका हुने भएको छ।  उक्त तयारी बैठककाे सन्चालन क्लबका सचिब डिल्ली पौडेलले गर्नु भएको थियोे । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।