नेपाल जर्नल अफ सोसियोलोजी (NJS): दोस्रो संस्करणका लागि अनुसन्धान पेपर आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ज्ञानु आचार्य 

काठमाडौं , पाैष ५ गते शुक्रबार । 

नेपालको अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय केन्द्रीय समाजशास्त्र विभागद्वारा प्रकाशन हुने नेपाल जर्नल अफ सोसियोलोजी (NJS) ले आफ्नो दोस्रो संस्करण (भोल्युम 2, अगस्त 2025) का लागि अनुसन्धानकर्ताहरू, समाजशास्त्रीहरू, र शैक्षिक समुदायका लागि अनुसन्धान पेपरहरुकाे आह्वान गरेको छ। यो  जर्नलले समाजशास्त्रीय दृष्टिकोणमार्फत बहु-विषयक सामाजिक मुद्दाहरूलाई समावेश गर्दै अनुसन्धानलाई समृद्ध बनाउने प्रयासमा निरन्तरता दिएको छ।
नेपाल जर्नल अफ सोसियोलोजी एकमात्र प्रकाशन नभई समाजशास्त्रीय ज्ञानको विकास र आदान-प्रदानको एक अद्वितीय मञ्च हो। यस जर्नलले समाजशास्त्रीय दृष्टिकोणलाई केन्द्रमा राख्दै नेपाल र छिमेकी क्षेत्रहरूको सामाजिक, सांस्कृतिक, र आर्थिक परिप्रेक्ष्यमाथि गहिरो अनुसन्धान प्रस्तुत गर्न सक्षम सामग्रीहरूलाई प्राथमिकता दिने उल्लेख गरिएको छ। 

मौलिक अनुसन्धान लेखहरू, आलोचनात्मक र प्रतिबिम्बात्मक निबन्धहरू, अवधारणात्मक टिप्पणीहरू, पुस्तक, चलचित्र, फोटो, र यात्रा समीक्षा, व्यक्ति-केन्द्रित अन्तर्वार्ता जस्ता विधाहरुलाई प्राथमिकता रहेको छ । प्रकाशनका लागि यी विधाहरूमा समाजशास्त्रीय महत्त्व भएका मौलिक र गहन अनुसन्धान पत्र नेपाली वा अंग्रेजी कुनै पनि भाषामा प्रस्तुत गर्न सकिनेछ । पेश गर्ने अन्तिम मिति 19 मार्च 2025 रहेको छ भने 15 अगस्ट 2025 प्रकाशन गरिने लक्ष्य राखेको छ। 

पठाउने प्रक्रिया र मापदण्ड:

1. लेखकहरूले आफ्नो पाण्डुलिपिहरू NJS को आधिकारिक इमेल ठेगाना (NJS.cdso@gmail.com) मा पठाउनु पर्नेछ।
2. पाण्डुलिपिहरूलाई प्रारम्भिक चरणमा साहित्यिक चोरी जाँच गरिनेछ।
3. प्रत्येक सबमिशन दुई स्वतन्त्र समीक्षकहरूद्वारा सहकर्मी समीक्षा प्रक्रियामा जानेछ।
4. समीक्षक र सम्पादकीय टोलीका सुझावअनुसार लेखकहरूले आवश्यक परिमार्जन गर्नुपर्नेछ।

जर्नलका प्रधान सम्पादक प्रा. डा. युवराज लुइँटेल केन्द्रीय समाजशास्त्र विभागका प्रमुख डा. पासाङ शेर्पाले नेपालभित्र र बाहिरका लेखक, अनुसन्धानकर्ता, र विद्वानहरूलाई आफ्नो विचार र अनुसन्धान प्रस्तुत गर्न आह्वान गर्नुभएकाे छ । 

“नेपाल जर्नल अफ सोसियोलोजी नेपालकै समाजशास्त्रीय ज्ञान निर्माण र सामाजिक परिवर्तनका सवालहरूलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण साधन बन्ने विश्वास लिएको छ। यो जर्नल नयाँ सोच र समृद्ध भविष्य निर्माणको आधारस्तम्भ बन्ने लक्ष्य राखेकाे छ । 
NJS ले नेपाली समाजको जटिलता, विविधता, र सामजिक संरचनामाथि आधारित बहस र संवादको वातावरण सिर्जना गर्न निरन्तर प्रयास गरिरहेको छ। यो जर्नलले नेपाल र क्षेत्रीय समाजशास्त्रीय अध्ययनलाई एकीकृत गर्दै विद्वानहरूको योगदानलाई मान्यता दिन र समाजशास्त्रीय ज्ञानको सीमालाई अझ विस्तृत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।