पौष १५ देखी १७ सम्म पर्वतमा पर्यटन युवा सडक महोत्सव हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुजन  आचार्य

पर्वत , १३ पाैष

पर्वतमा पर्यटन युवा सडक महोत्सव हुने भएको छ । अंग्रेजी नया वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बतको आयोजनामा यहि पौष १५, देखी १७ गते सम्म पर्बतको कुश्मा बन्जी साइडमा पर्यटन युवा सडक महोत्सव आयोजना गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।
आज कुश्मा मा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्वत शाखाले महोत्सवको तयारीको वारेमा जानकारी गराएको हो । अंग्रेजी नया वर्ष २०२५ र पुषे पन्ध्रको अवसर पारेर आयोजना गरिएको यस महोत्सवले पर्वत जिल्लाको आर्थिक विकास तथा पर्वतमा रहेका पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतकी अध्यक्ष पुजा कार्की शर्माले वताउनु भयो ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारीको वारेमा जानकारी दिदै महोत्सव सफल वनाउनका लागि आवश्यक समितीहरु गठन गरि सकिएको र सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन कार्यक्रम पौष १५ गते १ वजे आयोजना गरिएको छ भने ११ वजे वाट विभिन्न झाकी सहित कुश्मा वजार परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल वाट हुने र कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर साथै वरिष्ठ लोक दोहोरी गायक प्रजापती पराजुलीको समेत उपस्थिती रहने छ ।

महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विक, दिपक खड्का,शिव हमाल , जिवन दाहाल ,चोलेन्द्र पौडेल ,कृष्ण अखेली राजन कार्की माया गूरुङ चित्र सागर श्रेष्ठ , राम्जी पौडेल लगाएतका कलाकारहरुको सांगेतिक प्रस्तुति रहने छ भने हरेक वेलुका विभिन्न व्यान्डहरुको प्रस्तुती रहेने आयोजकले जनाएको छ । महोत्सव संगै विश्वकै अग्लो वन्जीजम्प ,जिपलाइन कालिगण्डकी लामाझोलुङ्गेपुल अवलोकन गुग्तेश्वर गुफा आकर्षक रहने छ। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
पोखरामा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘आँसु’ बाराही हलमा २० गते प्रदर्शन हुने
11-Baishakh-2082 6:27:08
बाग्लुङ बहुउद्देश्यीय सहकारी संस्थाकाे अधिवेशन सम्पन्न : अध्यक्षमा के. सी सहितकाे नेतृत्व …
29-Chaitra-2081 9:38:45
"वातावरणीय संकट रोक्न सरकारले जीवनमैत्री व्यवस्था अपनाओस्"-प्रकृति–मानव केन्द्रित जनअभियानको आग्रह
29-Chaitra-2081 10:45:55
प्रकृति-मानव केन्द्रित जन अभियान नेपालको प्रथम पूर्ण बैठक सम्पन्न, महत्वपूर्ण निर्णयहरू पारित
21-Chaitra-2081 7:13:57
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48
बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, आज रातिदेखि मतगणना सुरु हुने
15-Chaitra-2081 6:15:48