पोखरा महानगरको टोली हरित रोजगारी परियोजनाको अध्ययन भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाेखरा , पाैष ०३ । 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको नेतृत्वमा रहेको प्रतिनिधि टोली कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA) र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को निमन्त्रणामा हरित रोजगारी परियोजनासम्बन्धी ६ दिने अध्ययन भ्रमणका लागि आज दक्षिण कोरियाको राजधानी सियोल प्रस्थान गरेको छ।

यस भ्रमणले पोखरामा निर्माणाधीन बहुउद्देश्यीय ग्रीन भेन्चर जोन भवन (कोशेली घर र अध्ययन केन्द्र) समयमै सम्पन्न गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ। साथै, स्वच्छ वातावरण निर्माण र हरित रोजगार सृजनाका क्षेत्रमा परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि भ्रमणले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ।

भ्रमणमा सहभागी टोलीका सदस्यहरू:

पोखरा महानगरपालिकाका तर्फबाट:

1. धनराज आचार्य – मेयर

2. रुद्रनाथ बराल – वडाध्यक्ष, वडा नं. ८

3. दिपेन्द्र मर्सानी – वडाध्यक्ष, वडा नं. ९

4. बालाराम पाठक – प्रमुख, सरसफाइ शाखा

5. ई. नेत्र तिमिल्सिना – प्रमुख, सानिसा शाखा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट:

6. कालि प्रसाद रिजाल – सहसचिव
7. महेन्द्र कुमार सापकोटा – उपसचिव

UNDP परियोजनाका तर्फबाट:

8. सुदीप अर्याल – हेड अफ फिल्ड अफिस

9. यमुना सुवाल – राष्ट्रिय परियोजना व्यवस्थापक

यस भ्रमणमार्फत कोरियामा हरित रोजगारी, वातावरणीय व्यवस्थापन, र दिगो विकासका विधिहरू अध्ययन गरी पोखराको हरित रोजगारी परियोजनालाई थप प्रभावकारी बनाउने योजना रहेको छ। विशेषगरी, ग्रीन भेन्चर जोन भवनलाई समयमै निर्माण सम्पन्न गरी स्वच्छ वातावरण र रोजगारी सृजना गर्ने महत्त्वपूर्ण कदमको रूपमा यसलाई अगाडि बढाउन प्रतिनिधि टोलीले आवश्यक अध्ययन र छलफल गर्ने बिषयमा मेयर आचार्यका प्रमुख स्वकिय पुर्ण लामाले जानकारी दिनुभयो ।  

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15